• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द ★   जबज मौकाप्रस्थको माध्यम होइन: अध्यक्ष ओली ★   राशिद खानः शरणार्थी शिविरमा बसे, युट्युबबाट बलिङ सिके, हाल टी–२० सुपरस्टार ★   ‘वर्षाका कारण उपत्यकाको फोहर व्यवस्थापनमा समस्या हुँदैन’ ★   सिधाकुराको ‘फेक अडिओ’ प्रकरणमा प्रकाशक र सम्पादकसहित ३ जनाविरुद्ध थप २ कसुरमा मुद्दा दर्ता ★   स्ट्रबेरीको माग देखेर उत्साहित छन् कमल ★   सुनचाँदीको पर्याप्त आपूर्ति गर्न दिन व्यवसायीहरुको माग ★   मुलुक जोगाउने हो भने देशलाई अहिले हिडाईएको मार्गचित्र परिबर्तन जरुरी: कमल थापा ★   ‘एक युवा पाँच बिरुवा’ अभियानको शुभारम्भ ★   प्रधानमन्त्रीलाई बाबुरामको अल्टिमेटमः बूढीगण्डकी कोरिडोर विकास प्राधिकरण भदौभित्रै गठन गरियोस्

डीसी महानगर क्षेत्रमा साँस्कृतिक सामुदायिक भवन निर्माण गरिने



अमेरीका । अमेरिकाको डीसी महानगर क्षेत्रमा साँस्कृतिक सामुदायिक भवन निर्माण गरिने भएको छ । महानगर क्षेत्रमा रहेका समुदायहरुले भबन निर्माणका लागि महापुराण कार्यक्रमको अवधारणा प्रस्तुत गरेका छन् ।

कार्यक्रममा साँस्कृतिक सामुदायिक भवन निर्माण गर्न महा पुराणको आयोजना गर्ने र १००१ महा पुराण मूल समारोह समिति निर्माण गर्ने जनाईएको छ ।

महा पुराण कार्यक्रमको आयोजना कुनै संघ–संस्थाको पहलमा नभई डिसी महानगर क्षेत्र सेन्टरभिल शहरका सामाजिक अभियन्ता ददिराम ढुंगाना लगायतको बिशेष पहलमा भएको आयोजकहरुले जनाएका छन् ।

कार्यक्रममा ढुंगानाले के के जिज्ञाशा आउन सक्छन भन्ने समेत कार्यपत्रमा सवाल समेत तयार पारेका थिए । किन सामुदायिक भवन ,किन महा पुराण ,कसरी गर्ने महापुराण ,किन मुल समारोह समिति बारेमा बिस्तृत जानकारी समेत उक्त कार्यपत्रमा प्रस्तुत गरेका थिए ।

बिगत २० बर्ष देखि डिसी महानगर क्षेत्रका शहरहरु स्यानटिलि ,सेन्टरभिल,एल्डी,मनासस,गेन्स्भिल,हर्नडन,स्टरलिङ्ग ,फेयरफ्याक्, साउथ राइडिंग ,फल्सचर्च आदी इत्यादी शहरहरुमा सामुदायिक भवन निर्माण गर्न समुदाय लागि परेता पनि सबै प्रयासहरु असफल हुन् पुगेका थिए ।

हाल भवन निर्माणका लागि विभिन्न शहहरुमा बिभिन्न समुदायहरु पटक बैठकको आयोजना गरेर कार्य सफल बनाउने आयोजकहरुले जनाउका हुन् ।डिसी महानगर क्षेत्रमा नेपाली समुदायद्वारा निर्माण गरिएका हालसम्म दुइवटा मन्दिरहरु निर्माणाधीन अवस्थामा रहेता पनि दुईवटा सामुदायिक आफ्नै भवन रहेका छन् । यो सांस्कृतिक सामुदायिक भवनको सपना पुरा भएमा डिसी महानगर क्षेत्रमा ३ वटा सामुदायिक भवन हुने छ ।

ढुंगानाले कार्यपत्र प्रस्तुत गर्दै गत दशकमा डीसी महानगर क्षेत्रमा नेपाली भाषी जनसंख्याको उल्लेखनीय वृद्धि भएको बताए छ । उनले नेपाली समाजलाई सांस्कृतिक एकताको सुत्रमा बाँधेर समुदायिक भवन निर्माणको लागि सकारात्मक वातावरण तयार गर्न’ डीसी महानगर क्षेत्रमा नेपाली संस्कृति र नेपालीपनको भावनालाई थप जागृत गर्न तथा गराउन प्रस्तावित सप्ताह महापुराणको आयोजना गर्न लागिएको बताए ।

उनले कार्यपत्र प्रस्तुतिमा भने ‘हाम्रो भावी पिंढीलाई संस्थागत रूपमा हाम्रोपन, हाम्रो संस्कृति र सामाजिक विरासत हस्तान्तरण गर्न पूर्वीय आध्यात्मिक चिन्तनको जानकारी गराउन प्रस्तावित सप्ताह महापुराणको आयोजना गर्न लागिएको हो ‘

हाम्रो भावी पिंढीलाई संस्थागत रूपमा हाम्रोपन, हाम्रो संस्कृति र सामाजिक विरासत हस्तान्तरण गर्न पूर्वीय आध्यात्मिक चिन्तनको जानकारी गराउन प्रस्तावित सप्ताह महापुराणको आयोजना गर्न लागिएको हो ‘

यसको साथै उनले भाषा कक्षा, नेपाली तथा पूर्वीय गीत संगीतको नियमित कक्षाहरूको दीगोरूपमा संचालन गर्न, आवधिकरूपमा विभिन्न संप्रदाय र संस्कृतिका बारेमा बौद्धिक प्रवचन तथा सत्संगको आयोजना गर्न,परंपरागत चाडपर्वहरू, सांस्कृतिक तथा रीति रिवाज संग सम्वन्धित कार्यक्रमहरूको दीगो र सुचारू संचालन गर्न,योगा, ध्यान लगाएतका सामुदायिक कार्यहरू नियमित रूपमा संचालन गर्न, मूल्य मान्यता र संस्कारको बारेमा दोश्रो पिढीलाइ सुशिक्षित गराउने वातावरणको निर्माण गर्न हामीलाई हाम्रो आफ्नै सांस्कृतिक सामुदायिक भवन ज्यादै आवश्यक रहेका बताएका हुन् ।

उनले उक्त कार्यपत्र प्रस्तुतिको अन्त्यमा स्थायी सांस्कृतिक सामुदायिक केन्द्रको स्थापना गर्न प्रस्तावित सप्ताह महापुराणले आर्थिक श्रोतको परिचालन र सामुदायिक उत्साह सिर्जना हुने हुँदा पुनित कार्यमा सक्रिय सहयोग गरौँ र सामुदायिक सांस्कृतिक केन्द्रको स्थापना गर्न होस्टेमा हैसे गरौँ भन्दै सबैमा आग्रह गरे ।