५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

डीसी महानगर क्षेत्रमा साँस्कृतिक सामुदायिक भवन निर्माण गरिने

डीसी महानगर क्षेत्रमा साँस्कृतिक सामुदायिक भवन निर्माण गरिने
अ+ अ-

अमेरीका । अमेरिकाको डीसी महानगर क्षेत्रमा साँस्कृतिक सामुदायिक भवन निर्माण गरिने भएको छ । महानगर क्षेत्रमा रहेका समुदायहरुले भबन निर्माणका लागि महापुराण कार्यक्रमको अवधारणा प्रस्तुत गरेका छन् ।

कार्यक्रममा साँस्कृतिक सामुदायिक भवन निर्माण गर्न महा पुराणको आयोजना गर्ने र १००१ महा पुराण मूल समारोह समिति निर्माण गर्ने जनाईएको छ ।

महा पुराण कार्यक्रमको आयोजना कुनै संघ–संस्थाको पहलमा नभई डिसी महानगर क्षेत्र सेन्टरभिल शहरका सामाजिक अभियन्ता ददिराम ढुंगाना लगायतको बिशेष पहलमा भएको आयोजकहरुले जनाएका छन् ।

कार्यक्रममा ढुंगानाले के के जिज्ञाशा आउन सक्छन भन्ने समेत कार्यपत्रमा सवाल समेत तयार पारेका थिए । किन सामुदायिक भवन ,किन महा पुराण ,कसरी गर्ने महापुराण ,किन मुल समारोह समिति बारेमा बिस्तृत जानकारी समेत उक्त कार्यपत्रमा प्रस्तुत गरेका थिए ।

बिगत २० बर्ष देखि डिसी महानगर क्षेत्रका शहरहरु स्यानटिलि ,सेन्टरभिल,एल्डी,मनासस,गेन्स्भिल,हर्नडन,स्टरलिङ्ग ,फेयरफ्याक्, साउथ राइडिंग ,फल्सचर्च आदी इत्यादी शहरहरुमा सामुदायिक भवन निर्माण गर्न समुदाय लागि परेता पनि सबै प्रयासहरु असफल हुन् पुगेका थिए ।

हाल भवन निर्माणका लागि विभिन्न शहहरुमा बिभिन्न समुदायहरु पटक बैठकको आयोजना गरेर कार्य सफल बनाउने आयोजकहरुले जनाउका हुन् ।डिसी महानगर क्षेत्रमा नेपाली समुदायद्वारा निर्माण गरिएका हालसम्म दुइवटा मन्दिरहरु निर्माणाधीन अवस्थामा रहेता पनि दुईवटा सामुदायिक आफ्नै भवन रहेका छन् । यो सांस्कृतिक सामुदायिक भवनको सपना पुरा भएमा डिसी महानगर क्षेत्रमा ३ वटा सामुदायिक भवन हुने छ ।

ढुंगानाले कार्यपत्र प्रस्तुत गर्दै गत दशकमा डीसी महानगर क्षेत्रमा नेपाली भाषी जनसंख्याको उल्लेखनीय वृद्धि भएको बताए छ । उनले नेपाली समाजलाई सांस्कृतिक एकताको सुत्रमा बाँधेर समुदायिक भवन निर्माणको लागि सकारात्मक वातावरण तयार गर्न’ डीसी महानगर क्षेत्रमा नेपाली संस्कृति र नेपालीपनको भावनालाई थप जागृत गर्न तथा गराउन प्रस्तावित सप्ताह महापुराणको आयोजना गर्न लागिएको बताए ।

उनले कार्यपत्र प्रस्तुतिमा भने ‘हाम्रो भावी पिंढीलाई संस्थागत रूपमा हाम्रोपन, हाम्रो संस्कृति र सामाजिक विरासत हस्तान्तरण गर्न पूर्वीय आध्यात्मिक चिन्तनको जानकारी गराउन प्रस्तावित सप्ताह महापुराणको आयोजना गर्न लागिएको हो ‘

हाम्रो भावी पिंढीलाई संस्थागत रूपमा हाम्रोपन, हाम्रो संस्कृति र सामाजिक विरासत हस्तान्तरण गर्न पूर्वीय आध्यात्मिक चिन्तनको जानकारी गराउन प्रस्तावित सप्ताह महापुराणको आयोजना गर्न लागिएको हो ‘

यसको साथै उनले भाषा कक्षा, नेपाली तथा पूर्वीय गीत संगीतको नियमित कक्षाहरूको दीगोरूपमा संचालन गर्न, आवधिकरूपमा विभिन्न संप्रदाय र संस्कृतिका बारेमा बौद्धिक प्रवचन तथा सत्संगको आयोजना गर्न,परंपरागत चाडपर्वहरू, सांस्कृतिक तथा रीति रिवाज संग सम्वन्धित कार्यक्रमहरूको दीगो र सुचारू संचालन गर्न,योगा, ध्यान लगाएतका सामुदायिक कार्यहरू नियमित रूपमा संचालन गर्न, मूल्य मान्यता र संस्कारको बारेमा दोश्रो पिढीलाइ सुशिक्षित गराउने वातावरणको निर्माण गर्न हामीलाई हाम्रो आफ्नै सांस्कृतिक सामुदायिक भवन ज्यादै आवश्यक रहेका बताएका हुन् ।

उनले उक्त कार्यपत्र प्रस्तुतिको अन्त्यमा स्थायी सांस्कृतिक सामुदायिक केन्द्रको स्थापना गर्न प्रस्तावित सप्ताह महापुराणले आर्थिक श्रोतको परिचालन र सामुदायिक उत्साह सिर्जना हुने हुँदा पुनित कार्यमा सक्रिय सहयोग गरौँ र सामुदायिक सांस्कृतिक केन्द्रको स्थापना गर्न होस्टेमा हैसे गरौँ भन्दै सबैमा आग्रह गरे ।