५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

वाइडबडी प्रकरण : काँग्रेस नेताले गरे यस्तो कमाल ! कम्युनिष्ट कुर्दै

वाइडबडी प्रकरण : काँग्रेस नेताले गरे यस्तो कमाल ! कम्युनिष्ट कुर्दै
अ+ अ-

काठमाडौं । सत्तारुढ नेकपाले वाइडबडी प्रकरणमा संसद्को सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले ल्याएको प्रतिवेदनमा समितिको अन्तिम निर्णय र त्यसपछि आउने प्रतिवेदन अध्ययनपछि मात्र आफनो धारणा सार्वजनिक गर्ने भएको छ। वाइडबडी अध्ययन अनुसन्धान गर्न गठित उपसमितिले बहालवाला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई समेत दोषी ठहर्‍याउँदै कारवाही सिफारस गरेको छ।

‘उपसमितिले समितिलाई बुझाएको प्रतिवेदनका विषयमा पार्टीभित्र छलफल भएको छैन। औपचारिक धारणा बनेको छैन। उपसमितिले अहिले प्रतिवेदन समितिलाई बुझाएको छ। समितिले त्यसलाई कुन रुपमा लिएर अन्तिम निर्णय लिन्छ, हामी त्यसलाई हेरिरहेका छौं,’ नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले अन्नपूर्णसँग भने, ‘संसदीय समितिले तथ्यगत भ्रष्टाचार भएको ठहर सहित निर्णय गर्छ भने हाम्रो पार्टीले संसदीय समितिको त्यस्तो प्रतिवेदनलाई गम्भीर रुपमा ग्रहण गर्छ। ’

पहिले प्रतिवेदनको सम्पूर्ण विवरण अध्ययन नगरी अहिले नै पार्टीले धारणा बनाउँदा हतार हुने पनि उनले बताए। भ्रष्टाचारको तथ्यगत आधार पुष्टि भए पार्टीले त्यसका निम्ति जे गर्नुपर्ने हो त्यही अनुसारको निर्णय लिने श्रेष्ठको भनाइ छ।

कारवाही सिफारिस भएका पर्यटनमन्त्री अधिकारीले उपसमितिको प्रतिवेदनवाट आफू अचम्मित भएको बताएका छन्। उनले समय क्रममा तथ्य खुल्ने पनि बताए। अन्नपूर्णसँग संक्षिप्त कुरा गर्दै मन्त्री अधिकारीले भने, ‘प्रतिवेदन जुन ढंगले आएको छ, त्यसमा म अचम्मित छु। वाइडबडी खरिदमा मेरो कुनै संलग्नता छैन। एक दिन समय आएपछि यथार्थ स्पष्ट हुन्छ।’

प्रधानमन्त्री ओलीले वाइडबडी प्रकरणकै विषयमा पार्टी स्थायी समिति वैठकमा सरकारले छानबिन समिति गठन गर्ने बताएका थिए। वाइडबडी प्रकरणलाई प्रतिपक्षी दलले संसद्मा उठाएपछि तुरुन्तै छानविन समिति गठन गरेर अनुसन्धान थालिने प्रधानमन्त्रीको भनाइ थियो। आजको अन्नपुर्णमा खबर छ ।