१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वडा कार्यालय भवन निर्माण



अ+ अ-

मेलम्ची । स्थानीयतह निर्वाचनको २१ महीनापछि बलेफी गाउँपालिका–४ वडा कार्यालय आफ्नै सुविधासम्पन्न भवनमा सरेको छ ।

वडा कार्यालयको भवननिर्माण सम्पन्न भएपछि पूर्वमन्त्री एवं प्रतिनिधिसभाका सांसद अग्निप्रसाद सापकोटाले बुधबार नवनिर्मित वडा कार्यालयको भवन उद्घाटन गर्नुभयो ।

वडा कार्यालयको भवन उद्घाटन भएसँगै बलेफी गाउँपालिका–४ नम्बर वडा जिल्लाकै पहिलो वडा बनेको छ ।स्थानीयतह निर्वाचन भएसँगै गाउँगाउँमा सिंहदरबारका अधिकार आएको भन्दै सांसद सापकोटाले जनतालाई सहज र सरलरुपमा सेवा दिनका लागि जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ ।

गाउँपालिकाले भवन निर्माणका लागि रु ४२ लाख रकम विनियोजन गरेपछि वडाको केन्द्र अदमारामा कार्यालयको भवन निर्माण गरिएको वडाध्यक्ष कालीप्रसाद तामाङले बताउनुभयो । छ आना जग्गामा सात कोठे सुविधासम्पन्न भवन निर्माण भएपछि सामान्य कामका लागि स्थानीय जनतालाई बलेफी बजार झर्नुपर्ने बाध्यता हटेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश नेपालीले बताउनुभयो । वडा कार्यालयको भवन नहुँदा ५ नम्बर वडास्थित बलेफी बजारमै अस्थायीरुपमा ४ नम्बर वडाको कार्यालय सञ्चालन हुँदै आएको थियो । रासस