१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुल बिरुद्द भिड्दै म्यानचेस्टर सिटी



अ+ अ-

 

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र लिभरपुल बिच खेल हुने भएको छ । बिहीबार राति पौने २ बजे हुने खेल प्रिमियर लिगको उपाधि होडमा निकै महत्वपूर्ण हुनेछ ।

जारी लिगमा एक खेल पनि नहारेको लिभरपुल र तीन खेल हारेको म्यानचेस्टर सिटीबीचको खेलले महत्वका साथ हेरिएको छ । यसअघि लिगमा लिभरपुल र सिटि आमने सामुने हुदाँ गोलरहित बराबरी खेलेका थिए ।

२० खेलमा ५४ अंकसहित शीर्ष स्थानमा रहेको लिभरपुल र ४७ अंकसहित तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीबीचको खेलले लिगमा भविष्य निर्धारण गर्न भूमिका खेल्नेछ । एक खेल बढी खेलेको टोटनह्याम ४८ अंकसहित दोस्रो स्थानमा छ ।

२०१४ अप्रिल २० मा म्यानचेस्टर सिटीभन्दा लिभरपुल ९ अंकले अघि थियो । तर, अन्तिममा सिटीले लिग जितेको थियो ।

आजको खेलमा लिभरपुलभन्दा पछि परेकाले पनि बिहीबारको खेलमा म्यानचेस्टर सिटीलाई जितको दबाव हुने छ । लिभरपुललाई भने जित निकाल्न नसकेपनि बराबरीले नै ठूलो राहत दिने छ ।