१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवादास्पद पृष्ठभूमिका रेशम चौधरीले लिए सांसदको सपथ



अ+ अ-


काठमाडौं । भूमिगत अवस्थाबाटै प्रतिनिधिसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित भएका राजपाका सांसद रेशम चौधरीले आज सपथ लिएका छन् । उनले बिहीबार बिहान सभामुखको सिंहदरबारस्थित कार्यकक्षमा सपथ ग्रहण गरेका हुन् ।

उनी विसं २०७२ मा भएको थरुहट आन्दोलनका क्रममा २०७२ भदौ ७ गते कैलालीको टिकापुरमा भएको हत्याकाण्डका दोषी हुन् । उनकै नेतृत्वमा कयौँको ज्यान जाने गरी भएको हिंसात्मक घटनाका उनी मुख्य आरोपी रहेका बताइएको थियो । तर चौधरी निर्दोष भएको भन्दै उनीविरुद्ध लगाइएको मुद्दा फिर्ता लिन राजपाले माग गर्दै आएको थियो ।

उनको नेतृत्वमा भएको भनिएको हिंसात्मक आन्दोलनमा सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित ७ प्रहरी र एक नाबालकको हत्या भएको थियो । पछि ठठित छानबीन समितिले उनीमाथि अभियोग लगाएको थियो ।
टीकापुर घटनामा संलग्न भएको आरोपमा चौधरीसहित २७ जनामाथि मुद्दा चलाइएको थियो। २४ जना अहिले पनि धनगढी कारागारमा छन् ।

निर्वाचनमा उनी विजयी भए पनि उनले सपथ लिन पाएका छैनन् । उनी जेलमै थिए । राजपाले चौधरीविरुद्धको मुद्दा फिर्ता लिई संसद छिर्ने वातावरण नबनाए वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिँदै आएको थियो । सोही कारण आज सरकारले आज उनको सपथ गराएको बताइएको छ ।