१० भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए जेलेन्स्कीद्वारा एलन मस्कलाई युक्रेनको सर्वोच्च सम्मान रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय बाढीले कूल विद्युत् उत्पादन क्षमताको दश प्रतिशत प्रभावित भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेलिकप्टरमार्फत गर्भवती महिलाको उद्धार



अ+ अ-

सोलुखुम्बु, १९ पुस (रासस) : सोताङ गाउँपालिबाट एक गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । गाउँपालिका वडा नं ३ की डोमा राईको आज हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

लामो समयदेखि प्र्रसव बेथा लागेकी राईलाई हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ लगेको छ । डोमाले शिक्षण अस्पताल महाराजगञ्जमा शल्यक्रिया गरी छोरालाई जन्म दिनुभएको छिमेकी एवं युवा सङ्घ नेपालका केन्द्रीय सदस्य भद्रगोल किराँतीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गर्भवती महिलालाई बिहान ११ बजे उद्धार गरिएको हो । दुई दिनसम्म प्रसव बेथा लगेर प्राथमिक स्वास्थ्य केन्द्र सोताङका डाक्टरले सुत्केरी गराउन गरिएको प्रयास सफल नभएपछि पठाइएको बताइएको छ ।

गत मङ्सिर २० गते सोताङ गाउँपालिका तीनकै गर्भवती महिला पार्वती बस्नेतकोसमेत उद्धार गरिएको थियो । घरआँगन नामक संस्थाका अध्यक्ष दीपक सिलवालका अनुसार विभिन्न जिल्लाका सात जना गर्भवती महिलालाई उद्धार गरिसकिएको छ ।

एक्काइस प्रतिशत महिला बीस वर्षभन्दा कम उमेरमै आमा

सोलुखुम्बुमा आर्थिक वर्ष २०७४÷२०७५ जिल्ला अस्पतालमा आएर आमा बन्ने महिलामध्ये करीब २१ प्रतिशत २० वर्षभन्दा कम उमेरमा आमा बन्ने गरेका छन् ।