१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सतुंगलकाे कपास उद्योगमा आगलागी



अ+ अ-


प्रतिनिधिमूलक तस्वीर

काठमाडौँ : चन्द्रागिरि नगरपालिका–१६ स्थित दीपक कपास उद्योगमा बिहीबार साँझ आगलागी भएको छ ।

काठमाडौँ प्रहरी परिसरका अनुसार आगो नियन्त्रणमा लिन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले प्रयास गरिरहेका छन् ।

आगो राति १० बजेसम्म नियन्त्रणमा आएको छैन । काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट दमकल र खानेपानीका ट्याङ्करको प्रयोग गरिएको छ ।

उक्त आगो कसरी लागेको र के–कति क्षति भएकोबारे विवरण आउन बाँकी छ ।