१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा विप्लव आतंक,चन्दा असुलेको अभियोगमा तीन कार्यकर्ता पक्राउ



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यका लगायतका विभिन्न स्थानका व्यापारीहरुबाट चन्दा असुल गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्न सबै नेकपा माओवादी (विप्लव समुह) का मजदुर नेता रहेको प्रहरीले जनाएको छ ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले व्यापारीलाई भौतिक कारवाहीको धम्की दिने कार्यमा संलग्न दैलेख स्थायी घर भएका केशवबहादुर बुढा, लोकेन्द्रराज थापा र गोरखा सुलिकोटका विकास थापालाई नियन्त्रणमा लिएको हो ।

बिहीबार साँझ काठमाडौंको थापाथलीबाट पक्राउ परेका लोकेन्द्र विप्लव निकट ट्रेड युनियन महासंघको केन्द्रिय सदस्य र हाईड्रो तथा खानीको मजदुर संघठनका केन्द्रिय अध्यक्ष हुन् ।