१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाइडबडी खरिद प्रकरणको छानबिनमा राजनीतिक पूर्वाग्रह राखियो: नेकपा



अ+ अ-

काठमाडौं । वाइडबडी खरिद प्रकरणको छानबिन उपसमितिको प्रतिवेदनमा नेकपा सांसदहरुले प्रश्न उठाएपछि सार्वजनिक लेखा समिति निणृय लिन सकेन ।

नेकपाको संसदहरुले उपसमितिले गरेको छानबिनमा राजनितिक पूर्वाग्रह राखिएको हुनसक्ने आशंका गरेपछि बैठकले निर्णय लिन नसकेको हो । विमान खरिदमा भ्रष्टाचार भएकोमा सबैको सहमत देखिएपनि पर्यटनमन्त्री रविन्द्र अधिकारी र गृहसचिव प्रेम राईलाई गरिएको कारबाही सिफारिसमा नेकपा सांसदहरुले प्रश्न उठाएको हो ।

उपसमितिका संयोजक मात्र होइन, उपसमितिमा रहेका नेकपाकै सांसदहरुले त्यसको खण्डन गरे । छानबिन गर्दा जे देखियो, त्यही लेखेको उनीहरुले बताए ।

नेकपाका सांसद अमनलाल मोदी र सूर्यपाठकले तीन मन्त्रीलाई एउटै सिफारिस गर्नुपर्ने बताए । साथै अनियमितताको मेन डिजाइनर वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंशाकार भएको भन्दै गृहसचिव राईलाई उकास्नलाई समान कारबाही सिफारिस गरिएको भन्दै सांसद पाठकले असहमति जनाए ।