१० भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए जेलेन्स्कीद्वारा एलन मस्कलाई युक्रेनको सर्वोच्च सम्मान रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय बाढीले कूल विद्युत् उत्पादन क्षमताको दश प्रतिशत प्रभावित भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकगायिका माझीको खोजीमा प्रशासनले किन राख्दै छ चासो ?



अ+ अ-

काठमाडौं । नेपाली लोक दोहोरी गायिका बिष्णु माझी लामो समयदेखि अघोषित ‘भूमिगत’ जीवन बिताइरहेकी छिन् । नोपाली लोक दोहोरी गायनमा निकै चर्चा बटुलेकी माझी एकाएक गयब भएपछि नेपाली संगित क्षेत्रमा तहल्का मच्चेको छ ।

उनै गायिका माझीको अबस्थाको बारेका खोजि गर्न स्याङ्जा प्रशासनले चासो दिने भएको छ । उनलाई नजरबन्दमा राखेको समाचारहरु मिडियामा आउन थालेपछि उनको बिषयमा खोजी गर्न लागिएको हो ।

स्याङ्जाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले मिडियामा उनको समाचार आएपछि आफूहरुले उनको स्थिति पत्ता लगाउने प्रयास गरिरहेको बताएका छन् । उनले भने, ’उनलाई श्रीमानले बन्धक बनाएको भनेर पहिलेदेखि नै हल्ला चल्ने गरेका थिए, तर मूलधारको मिडियामा आएपछि हामीले यसलाई चासो दिएका हौं,’ ।

आफू कार्यरत जिल्लाकी नागरिक भएको नाताले सम्पूर्ण शक्ति लगाएर भएपनि उनको बिषयमा खोजतलास गर्दिने निरौलाले बताएका छन् ।