१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्मचारी समायोजन अध्यादेश राष्ट्रियसभाबाट बहुमतले स्वीकृत



अ+ अ-

काठमाडौं । राष्ट्रियसभाले कर्मचारी समायोजन अध्यादेश २०७५ लाई स्वीकृत गरेको छ ।

शुक्रबार बसेको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रस्तुत गरेको कर्मचारी समायोजन अध्यादेश २०७५ बहुमतले पारित भएको हो ।

प्रतिनिधिसभाले यसअघि नै यस अध्यादेशलाई स्वीकृत गरिसकेको छ । सरकारले अब संघीय संसदको अधिवेशन सुरु भएको मितिले ६० दिनभित्र यस अध्यादेशलाई प्रतिस्थापन गर्न प्रतिस्थापन विधेयक ल्याउनुपर्ने हुन्छ ।

पुस ११ गते संघीय संसदको तेस्रो अधिवेशको पहिलो बैठक बसेकाले पहिलो बैठक बसेको मितिले ६० दिनभित्र संघीय संसदको दुवै सदनबाट प्रतिस्थापन विधेयक पास गरिसक्नुपर्ने छ ।