१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुगतरत्न कंसाकारलाई कार्यकक्षमै कालोमोसो दलियाे !



अ+ अ-

काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई उनकै कार्यकक्षमा कालोमोसो दलिएको छ ।

क्रान्तिकारी युवा लिगले उनको कार्यकक्षमै पुगेर कालोमोसो दलेको हो ।युवा लिग मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको युवा संगठन हाे ।


फ्रान्सेली एयरबस कम्पनीकाे वाइडबडी जहाज खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्दै हालै संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले कंसारकालाई कारबाहीको सिफारिस गरेको थियो ।

संसदकाे सार्वजनिक लेखा समितिमा उक्त विषय विचाराधीन छ । यसअघि गठित उपसमितिले वाइडबडी जहाज खरिदमा मुख्य भूमिका कंसाकारले निर्वाह गरेकाे सांसदहरूकाे ठहर छ ।