१० भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए जेलेन्स्कीद्वारा एलन मस्कलाई युक्रेनको सर्वोच्च सम्मान रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय बाढीले कूल विद्युत् उत्पादन क्षमताको दश प्रतिशत प्रभावित भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

टाेखामा कवि गाेष्ठी, २४ जनाले गरे कविता वाचन



अ+ अ-

कठमाडौँ । छहरा साहित्य प्रतिष्ठानको आयोजनामा आज टोखा क्षेत्रमा खुल्ला कवि गोष्ठी सम्पन्न भएको छ । द ह्वाइट माउन्टेन स्कूलमा आयोजित सो कवि गोष्ठीमा २४ जना कविहरुले आआफ्ना रचनाहरु वाचन गर्नु भएको थियो ।

छहरा साहित्य प्रतिष्ठानका अध्यक्ष योगेन्द्र तिमिल्सिनाको सभापतित्व तथा साहित्यकार रामबाबु सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कवि गोष्ठीमा कविहरु पुष्कर लोहनी, बमबहादुर थापा जिताली, तोया गौतम, डा. बासुदेव काफ्ले, प्रियम्वदा आचार्य, माधव विडारी लगायत कविहरुले आ–आफ्ना रचनाहरु वचन गर्नु भएको थियो ।

प्रस्तुत कविताहरुमा समसामयिक विषयवस्तु तथा राजनीतिक विकृति र विसंगति एवम् सामाजिक तथा प्राकृतिक विषयहरु उठान गरिएका थिए ।

कर्यक्रममा स्थानीय जनप्रतिनिधि, साहित्यानुरागी एवम् बुद्धिजीवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।