३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना

बृद्धबृद्धाहरुलाई सम्पूर्ण साथ र सहयोग रहन्छ: मेयर श्रेष्ठ

बृद्धबृद्धाहरुलाई सम्पूर्ण साथ र सहयोग रहन्छ: मेयर श्रेष्ठ
अ+ अ-

काठमाडौं । महालक्ष्मी नगरपालिका ललितपुरका मेयर रामेश्वर श्रेष्ठले बृद्धबृद्धाहरुलाई आफ्नो तर्फबाट सम्पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता जनाएका छन् ।
रिपोर्टर्स क्लब नेपालमा बेवारिसे लाश व्यवस्थापन तथा पुनर्जीवन केन्द्रले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मेयर श्रेष्ठले यस्तो बताएका हुन् ।
‘बाआमा घर’ निर्माणको लागि अघि सरेका यूवाहरुलाई धन्यवाद दिँदै मेयर श्रेष्ठले सन्तानहरुले बा–आमाको सम्पत्तिको हक राख्नेमात्रै नभई उनीहरुलाई श्रद्धा गर्नुपर्ने कुरा भुल्नु नहुने धारणा राखे ।
उनले भने,‘आफ्नो दायित्वलाई असल तरिकाले निर्वाह गर्नुपर्छ, हाम्रो नगरलेमात्रै होईन अन्य नगरपालिकाले पनि बृद्धाहरुको बारेमा खेल्नुपर्ने भूमिका खेल्छ, प्रत्येक आर्थिक वर्षमा बृद्धहरुको लागि आवश्यकीय आधारभुत कुराहरु पूरा गर्नको लागि बजेट छुट्याउने गरेका छौं, यो दायित्व सरकारको पनि हो ।’
बृद्धा आश्रमहरुमा आमालाई राखेर विलाषी जीवन बाँचेका मानिसहरुले पूर्वीय संस्कृति र मान्यतालाई भुलेर आफ्नो जन्मदिने भगवानसरी बाआमालाई आश्रय दिनुको साटो आश्रममा पुर्याउने काम गरिरहेको उनले गुनासो पोखे ।
बेवारिसे लाश व्यवस्थापन तथा पुनर्जीवन केन्द्रका अध्यक्ष विनयजंग बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा क्लबका सभापति ऋषि धमलाले हालै प्रदर्शनमा आएको चलचित्र ‘अुनराग’ बाट उठेको पैसा बाआमा घर निर्माण र बेवारिसे लाशहरुको व्यवस्थापन गर्नको लागि सहयोग गर्ने बताए ।
उनले भने,‘विनयजीको काम प्रशंसनीय छ, समाजमा यस्ता मानिसहरु कम छन्, नेपाल सरकारले गर्नुपर्ने काम आँफैले गर्नुभएको छ, यस अभियानमा रिपोर्टर्स क्लब नेपाल साथमा रहने विश्वास दिलाउन चाहन्छु, जन्मदिने बाआमाहरुलाई सम्माजनक तरिकाले स्याहार गर्नु सन्तानको कर्तव्य हो, त्यो सम्झाउने काम बस्नेतजीले गर्नुभएको छ।’
समाजसेवी दिलशोभा श्रेष्ठले ‘बाआमा घर’ निमार्णमा आफ्नो सक्दो सहयोग तथा सहकार्य रहने वचन दिएकी छिन् ।
‘आमाघर आश्रम’ की सञ्चालिका श्रेष्ठले भनिन्,‘मरेपछि मानिसलाई के चाहिन्छ ? निधन भइसकेपछि सबै सकियो, जिवित हुँदासम्म आफु यस धर्तीमा उभ्याउने बाआमाको सुरक्षा गर्नु, स्याहार गर्नु, माया गरेर पाल्नु सन्तानको कतव्र्य हो, मरेपछि श्रद्धाञ्जली लेख्नुको कुनै अर्थ रहँदैन, जिवित हुँदासम्म श्रद्धा गर्नु पहिलो कुरा हो, आमा–बाबालाई आश्रममा होइन, आश्रय दिएर राख्नुपर्छ ।’
केन्द्रका अध्यक्ष बस्नेतले एक सय ४३ बेवारिसे लासको हिन्दुपरम्पराबाट अन्त्येष्टि गरेको बताए । उनले भने,‘मैले विगत चारवर्षदेखि यो काम गर्दै आएको छु, आजका दिनसम्म एकसय ४३ वटा बेवारिसे लाशहरुको अन्त्येष्टि गरेको छु, अझैपनि यो कार्य जारी छ, हामीले यो सेवा गरेर खुशी भएका छैनौं, समाज कता जाँदैछ भन्ने पिर छ, आफूलाई जन्मदिने बाआमालाई सडकमा छोडेर हिँड्ने सन्तानहरुले गर्दा आजको दिन देख्नुपरेको हो, आफ्नो कर्तव्य आफैँ पालना गर्नुपर्छ ।’
उनले अघि थपे, ‘तथापी हाम्रो संस्थाको २३ जिल्लामा शाखा विस्तार गरेर बेसहारा बनेका बाआमालाई उद्धार गरेर उचित व्यवस्थापन गर्ने र बेवारिसे बेसाहाराहलाई आश्रयस्थलको निर्माण गर्ने अभियानमा जुटेका छौं, यसमा साथदिन सबैलाई आग्रह गर्दछु ।’
कार्यक्रममा नेपाल महिला संघकी केन्द्रीय सदस्य निर्मला खड्का, राष्ट्रिय संगीतकर्मी संघ नेपालका अध्यक्ष राजेन्द्र कुमार कार्की, बाआमा घर आश्रमका संयोजक गंगाराम रिजाल, ललिता खनियाँलगायतले आ–आफ्ना धारणा राखेका थिए ।