१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ राहत र पूर्वाधार सामग्री बोकेको चिनियाँ विमान काठमाडौ आईपुग्यो एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ भोटेकोशी बाढी: २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याउको बीउ उत्पादन गर्दै सहकारी



अ+ अ-

नारायणपुर । बगर खेतीमा सफलता पाएपछि दाङको लमहीस्थित उद्यमशील बहुउद्देश्यीय सहकारीले च्याउको बीउ उत्पादन थालेको छ ।

व्यवस्थापक विश्वराज अधिकारीका अनुसार सहकारीकै लगानीमा उपकरण खरिद गरी च्याउको बीउ उत्पादन थालिएको हो । “वार्षिक २५ हजार पोका बीउ उत्पादन गरिरहेका छौँ,” उहाँले भन्नुभयो । “ क्षमताअनुसारको बीउ उत्पादन गर्न सकिएको छैन”, उहाँले भन्नुभयो । सहकारीले उत्पादन गरेको बीउ दाङसहित बाँके, बर्दिया, प्यूठान, बुटवललगायत जिल्लामा बिक्री भइरहेको छ ।

च्याउको बीउका लागि बजारको समस्या नरहेको सहकारीका अध्यक्ष दिलीपराज खनालले बताउनुभयो । सहकारीले च्याउखेतीमा ९६ किसानलाई समेटेर च्याउखेती कार्यक्रम सञ्चालन गरिरहेको छ । “बीउ बिक्रीबाट वार्षिक रु छ लाखसम्म आम्दानी भइरहेको छ,” उहाँले भन्नुभयो । सहकारीले च्याउखेती गर्न किसानलाई निःशुल्क प्राविधिक सहयोग र बीउ उपलब्ध गराउँदै आएको छ ।