५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलाई धोका दिएर केपी सरकार अगाडि बढ्न सक्दैन्, अब ओली र प्रचण्डविरुद्ध लड्छु: डा.केसी



अ+ अ-

काठमाडौं । सरकारले आफ्नो माग बिपरीत चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन पारित गरेको भन्दै प्रा. डा. गोविन्द केसी आपत्ति प्रकट गरेका छन् । उनले आफूसँग भएको सहमति तोडेर प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई धोका दिएर सरकार आगाडि बढ्न नसक्ने बताएका हुन् ।

डा.केसी बुधबार अपराह्न ४ बजेपछि सरकारको बिरोधमा अनसन बस्ने केसी निकटले जनाएको छन् । त्यसका लागि उनी इलाम पुगिसकेका छन् ।

बुधबार बिहानै अनसन बस्ने भनेपछि संसदको शिक्षा तथा स्वास्थ्य समितिको निर्णय पर्खिएका थिए ।

एउटा विश्वविद्यालयले पाँचभन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिन नसक्ने प्रावधान प्रतिवेदनमा छ । तर, सम्बन्धन लिइसकेका र मानसाय पत्र लिई मापदण्ड पुरा गरेका उपत्यका बाहिरको शिक्षण संस्थाको हकमा लागू हुने नहुने भएको पनि सो प्रतिवेदनमा छ । उपत्यका बाहिरको हकमा आयोगले निर्णय गर्ने र त्यसमा ऐनको कुनै पनि कुराले बाधा नगर्ने उल्लेख छ ।

डा. केसीसँग भएको सहमति र माथेमा आयोगको सिफारिस विपरित समितिको यो निर्णय भएको छ । माथेमा आयोगले एउटा विश्वविद्यालयले पाँचभन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिन नहुने सिफारिस गरेको थियो । सोही आधारमा सरकार र डा। केसीबीच पनि त्यही सहमति भएको थियो ।