१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ राहत र पूर्वाधार सामग्री बोकेको चिनियाँ विमान काठमाडौ आईपुग्यो एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ भोटेकोशी बाढी: २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऋतिकका पिता राकेश रोशनलाई क्यान्सर, ‘सर्जरी के भयो ?



अ+ अ-

नायक ऋतिक रोशनका पिता निर्देशक राकेश रोशनलाई क्यान्सर भएको छ । उनलाई क्यान्सर भएको र सर्जरी समेत गरिएको जानकारी ऋतिकले ट्विटरको माध्यमबाट दिएका छन् । ऋतिकले ट्विट गरेसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत ट्विट गरेर राकेशको शिर्घ स्वास्थ्य लाभको कामना गरेका थिए । ऋतिकले मोदीको ट्विटमा जवाफ दिदै पिताको सर्जरी राम्रो भएको उल्लेख गरेका छन् ।

राकेशको घाटीमा क्यान्सर भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । राकेशका भाई राजेश रोशनले पनि अहिले स्वास्थ्य स्थिती राम्रो रहेको बताएका छन् । उनले केही दिनमा नै राकेशलाई अस्पतालबाट डिस्चार्ज मिल्ने उल्लेख गरेका छन् । राकेश रोशन चलचित्र ‘कृष ४’को तयारीमा थिए ।

यो चलचित्रको प्रदर्शन मिति सन् २०१९ को डिसेम्बरमा समेत तोकिएको थियो । तर, अब राकेशको स्वास्थ्य अवस्थाका कारण यो चलचित्रको निर्माण केही समय पछि धकेलिएको छ ।
बलिउडमा पछिल्लो समय कलाकार इरफान खान, नायिका सोनाली बेन्द्र क्यान्सर रोगबाट पीडित बनेका थिए । उनीहरु अहिले उपचारका क्रममा नै छन् ।