१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ राहत र पूर्वाधार सामग्री बोकेको चिनियाँ विमान काठमाडौ आईपुग्यो एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ भोटेकोशी बाढी: २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिपक्षीसँग झुके सभामुख महरा, सरकारलाई सांसदहरुका प्रश्नको जवाफ दिन रुलिङ



अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले सरकारलाई सांसदहरुका प्रश्नको जवाफ दिन रुलिङ गरेका छन्।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद बालकृष्ण खाँडले प्रधानमन्त्री र मन्त्रीहरुले सांसदमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने व्यबस्ता मिलाईदिन आग्रह गरेपछि सभामुख महराले रुलिङ गरेका हुन्।

बैठकमा समय लिए बोल्दै सांसद खाँडले संसद नियमावलीको २१९ अनुसार सार्वजनिक महत्वको वक्तव्य दिएपछि प्रधानमन्त्री र मन्त्रीहरुले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिनुपर्ने भए पनि सांसदको तीन वटै अधिवेशनमा सांसदहरुले जवाफ नपाएको गुनासो गरेका थिए ।

सभामुख महराले मन्त्रीहरुले सार्वजनिक महत्वको वक्तव्य दिएपछि वा विषय उठाएपछि सांसदहरुले उठाउन पाउनु पर्ने र त्यसको जवाफ दिनु पर्ने पर्ने भन्दै सरकारले सार्वजनिक महत्वको वक्तव्य दिँदा नियमावली बमोजिम सांसदहरुले राखेको प्रश्नको जवाफ दिन निर्देशन दिएका हुन् ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई सम्बोधन गरेपछि प्रमुख प्रतिपक्षीदल कांग्रेसका सांसदहरुले प्रधानमन्त्रीसँग सवालजवाफ गर्न पाउनुपर्ने माग राखेका थिए। तर सभामुखको बच्पने शैलिका कारण कसैले प्रश्न राख्न पाएका थिएनन् ।