२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहसचिव चन्द्रमान श्रेष्ठविरुद्ध भ्रष्टाचारको मुद्दा दायर



अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभागका पूर्वमहानिर्देशक चन्द्रमान श्रेष्ठविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएको छ । उनि हाल वन तथा वातावरण मन्त्रालयको सहसचिव रहेका छन् ।

अख्तियारकाअनुसार २८ माघ २०३८ मा सार्वजनिक पद धारण गरेको उनले २ करोड १० लाअ ७७ हजार ४ रुपैयाँ १६ पैसा आय आर्जन गरेको देखिएको छ । तर, उनी र उनको परिवारको चल अचल सम्पत्ति, सवारी खरिद, शेयर लगानी, शिक्षा, विदेश भ्रमण, बैङ्क मौज्दात लगायतका शीर्षकमा ३ करोड ४४ लाख ७७ हजार ५८० रुपैयाँ ९२ पैसा खर्च गरेको भेटिएको छ ।

एक करोड ३४ लाख ५७६ रुपैयाँ ७६ पैसा बराबरको सम्पत्तिको स्रोत नखुलेको अख्तियारको दाबी छ । श्रेष्ठले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति श्रीमती जमुना तण्डुकार र नवलपरासी स्वाठीकी भगवती योगीको नाममा राखेको देखिएको भन्दै अख्तियारले उनीहरुलाई पनि प्रतिवादी बनाएको छ ।