१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

खप्तड गोल्डकपः पुलिससँग मोरङ पराजित



अ+ अ-

धनगढी । नेपाल पुलिस क्लबले तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपमा जित हात पार्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार धनगढी रंगशालामा भएको खेलमा मोरङ एघारलाई ३–० गोलअन्तरले पराजित गर्दै पुलिस क्वार्टरफाइनलमा प्रवेश गरेको हो । सेमिफाइनलको लागि अब पुलिसले ए डिभिजन लिग विजेता मनाङ मर्स्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

पुलिसको जितमा तीर्थ रानाले ह्याट्रिक गोल गरे । खेलको सुरुवाती समयदेखि दवाव बनाएको पुलिसले तीर्थ रानाले सातौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । ३५औं मिनेटमा गोल गर्दै पुलिसलाई दोब्बर गरेका थिए ।

खेलको अतिरिक्त समयमा अभिषेककै पासमा तीर्थले गोल गर्दै ह्याट्रिक पूरा गरे । ह्याट्रिक गोल गर्दै पुलिसलाई जित दिलाएका हुन् ।

प्रतियोगिताअन्तर्गत बिहीबार भ्याली च्यासल युवा क्लबले दिल्ली युनाइटेडसँग खेल्नेछ ।