१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बसमा एक्कासी आगलागी, पूर्णरुपमा क्षति



अ+ अ-

महोत्तरी । जिल्लाको जलेश्वरमा एक यात्रुबाहक बसमा आगलागी भएको छ । आगलागी कारण बस पूर्णरुपमा क्षति भएको छ ।

बुधबार बिहान रोकिराखेको यात्रुबाहकबसमा अचानक आगलागी हुँदा बस पूर्णरुपमा जलेर क्षति भएको हो ।

काठमाडौंबाट महोत्तरी यात्रु बोकी आएको ना ८ ख ३३१६ नं को बसले सबै यात्रुलाई झारिसकेपछि सडक छेउमै रोक्दै चालक र सहचालकले खाना खान लागेकै बेला बसमा आगो लागेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

आगलगीबाट बसको ९० प्रतिशत भाग जलेको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए ।