२५ जेष्ठ २०८३, सोमबार
,
Latest
मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीसँग ताराे काेनाेकाे भेटवार्ता



अ+ अ-

काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा अाेलीसँग नेपाल भ्रमणमा रहनु भएका जापानका विदेशमन्त्री ताराे काेनाेले प्रधानमन्त्री निवास बालुवाटारमा भेट गर्नुभएकाे छ ।

त्यस अवसरमा नेपाल र जापानबीच सहयाेगका विविध विषयमा छलफल भएकाे परराष्ट्र मन्त्रालयले जनाएकाे छ ।

जापानका विदेशमन्त्री काेनाेले बुधबार परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग भेटवार्ता गरी २ वटा सहमतिमा हस्ताक्षर गर्नुभएकाे थियाे । नेपाल र जापानबीच सिधा हवाइ उडान गर्ने तथा नेपाली श्रमिकलाइ जापानमा राेजगारीकाे अवसर प्रदान गर्ने दुबै मुलुकबीच सहमति भएकाे थियाे ।

यसैगरी काेनाेले बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारीलाइ पनि भेट्नुहुने बताइएकाे छ ।

विदेशमन्त्री काेनाे अाजै प्रस्थान गर्नुहुनेछ । उहाँ भारतकाे तीनदिने भ्रमण गरी नेपाल अाउनुभएकाे हाे ।