१० भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए जेलेन्स्कीद्वारा एलन मस्कलाई युक्रेनको सर्वोच्च सम्मान रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय बाढीले कूल विद्युत् उत्पादन क्षमताको दश प्रतिशत प्रभावित भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राउटेलाई कोट, मुसहरलाई कम्बल



अ+ अ-

गौशाला । महोत्तरीको मटिहानी नगरपालिका–४ मझौरा बिसनपुरका ८४ परिवार मुसहरलाई नेपाल रेडक्रस महोत्तरी शाखाले कम्बल वितरण गरेको छ ।

गरीबी र विपन्नताबीच वर्षेनी जाडोमा समस्यामा पर्ने त्यस गाउँका मुसहर परिवारलाई जाडोबाट बच्न कम्बल प्रदान गरिएको रेडक्रस महोत्तरी शाखाका सभापति दीपक मिश्रले बताए ।

उनले त्यहाँका मुसहर परिवार जाडोको बेला ओढ्ने ओछ्याउने न्यानो लुगाको अभावमा निकै समस्यामा रहेको स्थानीय तहबाट जानकारी आएपछि रेडक्रस टोलीले त्यस ठाउँका ८४ परिवारलाई न्यानोस्वरुप कम्बल बाँडेको जनाए ।