२५ जेष्ठ २०८३, सोमबार
,
Latest
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि
तपाईं के खोज्दै हुनुहुन्छ ?

मातृभूमिको अस्तित्वमा कालो बादल मडारियो : पूर्वराजा ज्ञानेन्द्र



अ+ अ-

काठमाडौं: पूर्वराजा ज्ञानेन्द्र शाहले देश सकसपूर्ण र कपटपूर्ण अवस्थाबाट गुज्रिरहेकाे बताएका छन् ।

२९७औं पृथ्वीजयन्तीको पूर्वसन्ध्यामा बिहीबार शुभकामना सन्देश दिँदै उनले ‘भुलेर, अल्मलिएर र आफ्नै अस्तित्वबोधबाट विमुख हुँदा देश सकसपूर्ण र कपटपूर्ण अवस्थामा आएको’ उल्लेख गरेका छन् ।

पूर्वराजा शाहले ‘पृथ्वीनारायण शाहका दिव्योपदेशअनुरुप व्यवहार गर्न नखोज्दा मातृभूमिको अस्तित्वमा घात–प्रतिघातको कालो बादल मडारिरहेको’ बताएका छन् ।

उनले ‘एउटा नागरिकका निम्ति देशभन्दा ठूलो अर्को वाद र विचार हुन सक्दैन’ भन्दै नेपाली–नेपालीबीच फाटो पैदा गर्ने, दुराग्रह बढाउने, सार्वभौमिक सर्वोच्चता, राष्ट्रिय एकता र सामाजिक सद्भावलाई क्षति पुर्‍याउने, अनुशासनहीनता र अराजकतालाई प्रोत्साहन गर्नेजस्ता कार्य कुनै वाद र विचारका आडमा गरिनुहुँदैन’ भन्ने आफ्नो मान्यता रहेको उल्लेख गरेका छन् ।

शुभकामना सन्देशमा पूर्वराजा शाहले ‘नेपाल रहँदामात्र नेपाली हुनुको गौरव जीवन्त रहने यथार्थलाई आत्मसात् गर्न’ आह्वान पनि गरेका छन् ।