१४ भाद्र २०८३, आईतवार
,
Latest
इरान र अमेरिकाबीचको तनाव कम गर्दै वार्तामा फर्कन इजिप्ट र कुवेतको आग्रह बाढीग्रस्त क्षेत्रमा अलपत्र यात्रुको उद्धार गर्न निःशुल्क यातायात सेवा काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता भोटेकोशी बाढीमा भोजपुरका चार जना सम्पर्कविहीन भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ बाढीपीडितका लागि रेडक्रस तनहुँद्वारा एक लाख बढी सहयोग भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ राहत र पूर्वाधार सामग्री बोकेको चिनियाँ विमान काठमाडौ आईपुग्यो एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतबाट गोलभेँडा आयात गरे सिंहदरबारअघि ‘आत्महत्या’ गर्ने चेतावनी



अ+ अ-

काठमाडौं । नवपरासीका किसानले भारतबाट आयत भएका तीनवटा ट्रकका गोलभेँडा नियन्त्रणमा लिएका छन् ।

स्वदेशी गोलभेँडाले नै मूल्य नपाएको बेला भारतबाट आयात गरिएको भन्दै आक्रोशित किसानहरुले बिहीबार राति भारति ट्रक सहित गोलभेँडा पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको थुम्की नियन्त्रणमा लिएर नष्ट गरेका हुन् ।

किसाननहरुले भारतीय ३२ एटी १७२१ नम्बरको ट्रकमा ता्डफोड गर्दा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।

सरकारले स्वदेशी उत्पादनलाई बेवास्ता गरेर भारतबाट आयात गरेको भन्दै उनीहरु आक्रोशित बनेका हुन् । अझै पनि टमाटर भारतबाट ल्याइए नियन्त्रमा लिएर नष्ट गरिदिने किसान चौतारी नेपालका अध्यक्ष कृष्ण न्यौपानेले बताए ।

न्यौपानेले सरकारले आफूहरुको माग पुर नगरे सिंहदरबारअघि ‘अत्महत्या’ गर्ने चेतावनी समेत दिएका छन् ।