६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

राउटेलाई कोट, मुसहरलाई कम्बल अनि महोत्तरीका दलितलाई घुर

राउटेलाई कोट, मुसहरलाई कम्बल अनि महोत्तरीका दलितलाई घुर
अ+ अ-


बर्दिवास । “रमुआ हाथ, गोड ठिठूरगेल, कनि घुर सुन्गो न…” (रमुआ हात, गोडा कठङ्ग्रिएको छ, घुर (पतिङ्गर थुपारिएर बालिएको आगो) बाल्न), महोत्तरी भङ्गाहा नगरपालिका–६ हतिसर्वाको मदनपट्टीस्थित मुसहरीटोलकी भुठ्ठी सादाले छोरा रमुआलाई अह्राउनुभयो ।

ओढ्ने, ओछ््याउने र लगाउने न्यानो लुगा नहुँदा पुस अन्त्यको मुटु कमाउने जाडोमा थुर्थुरी काम्दै रात कटाउने मुसहरका लागि जाडो छल्ने साहारा नै टोलमा बालिने घुर बन्ने गरेको छ ।

सडक गल्लीमा फालिएका प्लाष्टिक, झुत्रा कपडा र शीतले भिजेका पतिङ्गर बटुलेर आगो सल्काइएको घुरमा निस्कने धुवाँ गनाउने धुवाँबीच चारैतिर बसेर न्यानो खोजी गर्नु जाडो महीनाभरी मुसहरको बिहानीको दैनिकीजस्तै बनेको छ ।

‘न राख्ने धन, न साच्ने अन्न’ आगनमा उभ्याइने गरिएका मुसहर अहिले थुरथुर मुटु कमाउने पश्चिमी सिरेटो लगातार आइ रहेपछि न्यानो कपडा र पोसिलो खानेकुरा नहुँदा बाक्लो धुवाँको मुस्लो निस्कने घुर (पातपतिङ्गर बटुलेर आगो बालिएको ठाउँलाई यहाँ घुर भनिन्छ) वरीपरी बसेर न्यानो खोज्न विवश भएका हुन् ।

जिल्लाका बर्दिवास नगरपालिकाका बर्दिवास, विजलपुरा, मेघरोल होस् कि भङ्गाहा नगरपालिकाका रामनगर, भङ्गाहा, सकरी, सिद्धपुर, बखरी, मदनपट्टी, धर्मपुर वा हरिनमरीका मुसहर जातिका दलित बस्ती हुन्, सबै मुसहर बस्तीमा जाडोको साझा साहारा ‘घुर’ नै देखिन्छ । जिल्लामा यि बाहेक लोहारपट्टी नगरपालिकाका डोठारा, पिपराढी बलवा नगरपालिकाका भगवतीपुर, धमौरा, गौशाला नगरपालिकाका रजखोर, मनर्वा, भरतपुर, औरही नगरपालिकाका भोइल, टिम्कीया, अग्लेसरा, रामगोपालपुर नगरपालिकाका महनपुर, बिसबिट्टी र एकडारा गाउँपालिकाका भटौलिया र बथनाहा मुसहर जातिका सघन बसोवास भएका बस्ती मानिन्छन् । यि सबै बस्तीमा जाडो छल्ने घुर नै सबैको सहारा हुने मुसहर आफैं बताउँछन् ।

स–साना पराले झुप्रा भएका बस्तीपिच्छे बालिएका घुर नै मुसहरको जाडोबाट बच्ने उपलब्ध उपाय हो । खासगरी एकैठाउँ गुजुमुजु देखिने पराले झुप्रा बनाएर झुरुप्प बस्ने महोत्तरीका मुसहरका अतिरिक्त बाँतर, चमार, दुसाध, डोम, मेस्तर र खत्बेलगायतका दलित जाति समुदायको बस्तीमा पनि घुर ओरीपरी बुढाखाडा, बालबालिका र महिला एकैठाउँ हात फैलाएर न्यानो खोजी रहेका भेटिन्छन् । खासगरी मुसहर र बाँतर बस्तीमा घुरको चलन बाक्लो देखिन्छ ।

किशोर र तन्नेरी यी बस्तीमा देखिदैनन् । १३-१४ वर्षको भएपछि कामका लागि भारतको पञ्जाव, हरियाणा जाने दलित बस्तीको आम प्रचलनले किशोर र तन्नेरी नदेखिएका हुन् । “बस्तीमा हाम्रा भाइ–भतिजा, छोरा छैनन् हजुर !” भङ्गाहा नगरपालिका–४ का मुसहर बस्तीको माझमा बालिएको ‘घुर’ छेउमा बसेका पाका उमेरका बदरिया सादाले लामो खोकीबीच नै भन्नुभयो, “उनीहरु त पञ्जाव गए’छन् ।” किशोर र तन्नेरी पञ्जाव नगए मुखमा माड नलाग्ने बदरिया सादाको थप भनाइ छ ।

महोत्तरीसहितका पूर्वीमध्ये तराईमा वर्षेनी हिँउदमा शीतलहरको कहर हुने गरेको छ । यस्तो बेला न्यानो कपडा लगाउनपर्ने, घर बाहिर ननिस्कने र पोसिलो तथा ताजा खानेकुरा खानुपर्ने स्वास्थ्यकर्मी बताउँछन् । तर चरम गरीबी र अशिक्षाले रुमलेको मुसहर, बाँतरसहितका दलित बस्तीमा यो सन्देश नपसेको महोत्तरी बर्दिवास–१२ विजलपुराका मुसहरीटोल नजिकका शिक्षक रमेश कोइराला बताउँनुहुन्छ ।

दलित बस्तीका बासिन्दा राम्रो, मीठो खानुपर्छ र न्यानो लुगा लगाउनुपर्छ भन्ने थाहा भए पनि गरीबीले जुटाउन नसक्दा मात्र दुःख खेपिएको बताउँछन् । “न्यानो लुगा लगाउने, जाडोमा घरबाहिर ननिस्कने र पोसिलो र ताजा खानेकुरा खानुपर्छ भन्ने नसुनेको होइन नि हजुर !” भङ्गाहा–४ पलारको वातरटोलकी सियान्की बाँतर र दरिता मेस्तरले भन्नुभयो, “सबै कुरा पैसाले नै गर्ने रे’छ, अब जाडोमा बाहिर ननिस्कने भनेर घर बसे लालाबालाको मुखमा माड कसरी लाग्ला ?”

पछिल्ला पाँच-छदिनयता चिसो बढेर बनिबुतो गर्न जान नसक्दा जाउलो खाने सर्दाम घरमा रित्तिएको सियान्कीको थप भनाइ छ । लगातार बढेको जाडोबाट बच्न दलित बस्तीमा सल्काइएका घुर ताप्दा त्यसबाट निस्कने विषक्त धुवाँले श्वासप्रश्वासका बिरामी झन् थपिएका छन् । “चिसोमा त्यसै पनि स–साना बालबालिका, महिला र बुढापाकालाई निमोनियाले गाज्ने गर्छ” बर्दिवास अस्पतालका मेडिकल अधिकृत डा किशोर अधिकारीले भन्नुभयो, “झन् धुवाँ रुमलिएको घुर ताप्न बस्दा श्वासप्रश्वासका बिरामी झन् बढ्ने नै भए ।”

राम्ररी नसुकेको पतिङ्गर, झुत्रा सडकमा फालिएका चिथ्रा र प्लाष्टिक बाल्दा त्यसबाट निस्केको धूवाँले यस्ता बिरामी अझ बढेको डा अधिकारीको निष्कर्ष छ । विशेषगरी दलित बस्तीका बुढापाका, सुत्केरी महिला र स–साना बालबालिकामा रुघाखोकी, हाडजोर्नी दुख्ने र श्वासप्रश्वासको समस्या बढेको जिल्ला अस्पताल र अन्य निजी स्वास्थ्य संस्थाले जनाएका छन् ।

पुस सकिएर माघ लाग्नैलाग्दा जाडो झन् छिप्पिएको छ । जिल्लाको मध्य र दक्षिणी क्षेत्रमा पछिल्ला तीन दिनयता घाम अक्कलझुक्कल मात्र देखिने गरेको छ । एका बिहानैदेखि लगातार बही रहेको चिसो सिरेटोले गर्दा बनिबुतो गरेर जीवन चलाउने गरीब श्रमिक सकसमा परेका छन् ।

चिसो ह्वात्तै बढेपछि जिल्लाका अधिकांश स्थानीयतहमा पुस २५ गतेदेखि माघ १ गतेसम्म जाडो बिदा दिइएको छ । जाडो निक्कै बढेर स–साना नानी विद्यालय आउन पातलीएपछि नगरक्षेत्रका विद्यालयमा पाँच दिनको बिदा दिएको बर्दिवास नगरपालिका, शिक्षा शाखाका प्रमुख जयराम अधिकारीले जानकारी दिनुभयो ।

चिसो बढेसँगै खानपान, आहारव्यहारमा राम्रो ख्याल राख्न चिकित्सक र स्वास्थ्यकर्मीले सुझाएका छन् । यसैगरी चिसोले बढी प्रभावित देखिएका गरीब र दलित बस्तीमा चिसो पतिङ्गरको ‘घुर’ विस्थापित गर्न राम्रो सुकेको दाउरा वितरणको चाजो मिलाउन, स्वास्थ्यकर्मी टोली परिचालित गर्न र पोसिलो खानेकुराको जोहो गर्न स्थानीय तह (नगरपालिका र गाउँपालिका) ले पहलकद्मी लिनुपर्ने भनाइ बुद्धिजीवीको छ ।