२७ मंसिर २०८२, शनिबार
,
Latest
एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य मरिसकेको संविधानलाई जबर्जस्ती ब्युँताउन खोज्नु देशलाई थप दुर्घटनामा लैजानु हो: अध्यक्ष लिङदेन विघटित प्रतिनिधिसभाको पुन:स्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेश एनपिएल उपाधि भिडन्त: सुदूरपश्चिमविरुद्ध कप्तान पौडेलको ह्याट्रिक एमालेलाई देव गुरुङको प्रश्तावः देश संकटमुक्त गराउन मिलेर अघि बढौं एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम
तपाईं के खोज्दै हुनुहुन्छ ?

यमनका वरिष्ट गुप्तचर अधिकारीको मृत्यु



अ+ अ-

दुबई । यमनका वरिष्ट गुप्तचर अधिकारी ब्रिगेडियर जनरल सालेह तमाहको हुथी विद्रोही समूहले गरेको ड्रोन आक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार यमनको सबैभन्दा ठूलो हवाई अखडामा हुथी विद्रोहीले गरेको ड्रोन आक्रमणका क्रममा उहाँ गम्भीर घाइते हुनुभएको थियो ।

यमनको अल–अनन्द हवाई अखडामा सैनिक परेड भइरहेका बखत गत बिहीबार हुथी विद्रोहीले गरेको ड्रोन आक्रमणबाट गुप्तचर निकायका ब्रिगेडियर जनरल सालेह तमाहा गम्भीर घाइते हुनुभएको थियो । उक्त सरकार नियन्त्रित सैनिक अखडा यमनको दोस्रो ठूलो सहर एडेनबाट करिब ६० किलोमिटर उत्तरको लाहिज प्रान्तमा रहेको छ ।

स्वास्थ्य अधिकारीहरुले सख्त घाइते तमाहालाई एडेनस्थित अस्पतालमा उपचार गरिएको तर आइतबार बिहान मृत्यु भएको जनाएका छन् । उक्त आक्रमणबाट तमाहा समेतका सात जनाको मृत्यु हुनुका साथै ११ जना घाइते भएका थिए । संयुक्तराष्ट्र सङ्घको पहलमा भएको युद्धबिरामलाई नै यो आक्रमणले सङ्कटमा पार्ने अनुमान गर्न थालिएको छ ।

आक्रमणमा घाइते भएकाहरुमा यमनका उपसैनिक प्रमुख सालेह अल–जन्दानी, वरिष्ट सैनिक कमान्डर फादेल हसन र लाहिजका गभर्नर अहमद अब्दुल्लाह अल–तुर्की रहनुभएको छ ।

एकजना यमेनी अधिकारीले तुर्की र जन्दानीलाई थप उपचारका लागि साउदी अरेबिया लगिएको बताएका छन् । आक्रमणप्रति राष्ट्रसङ्घले चिन्ता व्यक्त गरेको छ । राष्ट्रसङ्घले युद्धरत दुबै पक्षलाई धैर्य र संयम अपनाउन आग्रह गरेको छ ।

गत महिना स्वीडेनमा भएको वार्तामा इरान समर्थित हुथी विद्रोही र साउदी अरेबियाको गठबन्धन समर्थित यमन सरकारबीच धेरैवटा सम्झौतामा हस्ताक्षर भएको थियो । उक्त सम्झौताले विगत चार वर्षदेखि यमनमा जारी गृहयुद्ध अन्त्य गर्ने विश्वास लिइएको थियो ।

युद्धरत दुबै पक्षले बन्दरगाह सहर होडेडा र तेस्रो ठूलो सहर ताइजबाट आआफ्ना सैनिक फिर्ता गर्ने सहमति जनाएका थिए ।

यमनमा जारी गृहयुद्धबाट १० हजारभन्दा बढी नागरिकको ज्यान गइसकेको छ भने लाखौं मानिस विस्थापित भएका छन् । साथै, यमनमा व्याप्त भोकमरिले मानवीय सङ्कट निम्त्याएको राष्ट्रसङ्घ समेतका विभिन्न निकायले जनाएका छन् ।