१२ आश्विन २०८१, शनिबार
,
Latest
ताप्लेजुङको विकास र समृद्धिका लागि पाथीभरा केबलकार आवश्यक छ: अध्यक्ष ढकाल नागढुङ्गाको नागमन्दिरमा पहिरो, यातायात पूर्ण अवरुद्ध निरन्तर वर्षा : केही नदीमा जलसतह खतरास्तर नजिक ललितपुरको किस्ट अस्पतालनमा पानी पसेपछि बिरामीलाई सुरक्षित स्थानमा सारियो द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभापती देउवाका खास मान्छे कालोसूचीमा, पदमा बस्न अयोग्य



अ+ अ-

काठमाडौं । सुदूरपश्चिमका प्रदेश प्रमुख मोहनराज मल्ल २८ वर्षदेखि कालो सूचीका ऋणी भएको खुल्न आएको छ। मल्लले तीन दशकअघि लिएको ऋण नतिरेपछि ०४७ सालदेखि कालोसूचीमा राखिएको नेपाल बैँकले जनाएको छ।

मल्ल, उनका भाई मदनबहादुरलगायत मल्ल समूहले ०४१/०४२ सालमा नेपाल बैँकबाट ९८ लाख ५३ हजार रुपैयाँ ऋण लिएका थिए भन्ने खबर कान्तिपुर दैनिकमा छ।

ऋण लिएको तीन वर्षपछिबाट यो समूहले साँवा ब्याज केही पनि भुक्तानी नगरेपछि ०४७ कात्तिक ३० देखि बैंकले कालो सूचीमा राखेको हो। यस आधारमा मल्ल प्रदेश प्रमुख हुन अयोग्य रहेको कानुनविद्हरुले प्रतिक्रिया दिएका छन्।

तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारले ०७४ माघमा मल्लसहित सात जनालाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो।