६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

डा. केसीको स्वास्थ्य जटिल बन्दै, सहमतिको खाेजी तिब्र

डा. केसीको स्वास्थ्य जटिल बन्दै, सहमतिको खाेजी तिब्र
अ+ अ-

काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक अब संसद्बाट पारित हुने भएको छ । आफ्नो मागअनुसार विधेयक पारित हुनुपर्ने अडानसाथ डा. गोविन्द केसीले इलाममा १६औँ अनशन सुरु गरेका छन् ।

विगतमा सत्तारुढसहित सबै प्रमुख दलले केसीले उठाएको मागलाई नै सम्बोधनका लागि चिकित्सा विधेयक पारित गर्ने सहमति गरेका थिए । तर, अहिले सत्ता पक्षले केसीसँग गरेको सहमतिलाई बिर्सिएर आफूअनुकूल चिकित्सा विधेयक पारित गर्ने तयारी गरेको छ । यस्तै भेउ पाएर डा। केसीले संसद् र सत्ता पक्षलाई दबाब दिन इलाममा अनशन सुरु गरेका हुन् । केसीको अनशनलाई सरकार र सत्ता पक्ष सांसदले हल्का रूपमा किमार्थ लिनुहुँदैन ।

स्वास्थ्य जस्तो संवेदनशील विषयलाई व्यापार गर्ने थलोका रूपमा विकास गर्नुहुँदैन भन्नेमा सरकार सचेत र गम्भीर बन्न जरुरी छ । स्वास्थ्यलाई व्यापारसँग जोडिएमा त्यसले भविष्यमा गम्भीर खालका समस्या सिर्जना गर्न सक्छ भन्नेमा सरकार सचेत हुन जरुरी छ ।

डा. केसीको पटक–पटकको अनशनलाई जुन रूपमा व्याख्या गरिए पनि उनले उठाएका माग भने आमजनताको पक्ष छ त्यसैले उनको मागलाई कसैले पनि राजनीतिक रङ दिनु उपयुक्त हुँदैन । संसद्मा स्वीकृतिका लागि पेस भएको सो विधेयकमा सहमति नखोजे संसद् अवरुद्ध गर्ने चेतावनी कांग्रेसले दिँदै आएको छ । सरकार र सत्ता पक्ष सांसदले एकतर्फी रूपमा विधेयक पारित गर्न खोजेमा प्रतिपक्षको अडानका कारण पनि लामो समयसम्म संसद् अवरुद्ध हुन सक्छ त्यसैले सत्ता पक्ष र प्रतिपक्ष बसेर चिकित्सा शिक्षा विधेयकमा सहमति खोजिनुपर्छ ।

कुनै पनि पक्षले यसलाई प्रतिष्ठाको विषय बनाउनुहुँदैन । आग्रह–पूर्वाग्रहबाट मुक्त भएर दुवै पक्ष अघि बढ्नुपर्छ । सम्भवतः यस्ता निर्णय गर्नुअघि नेतृत्वले मुलुकको हित र सेवालाई केन्द्रबिन्दु्मा राखेर सोच्ने हो भने सहज उपाय आउन सक्ने आशा गर्न सकिन्छ । सरकार र सत्ता पक्षका सांसद भनेको देश र जनताका वास्तविक अभिभावक हुन् । वास्तविक अभिभावकलाई जनताको अहितविरुद्ध निर्णय गर्ने अधिकार हुँदैन । डा. केसीले पनि अनशन बस्दै गर्दा प्रधानमन्त्री, मन्त्री तथा राजनीतिक नेतृत्वलाई छिःछिः र दुरदुर गर्ने भाषा प्रयोग गर्नुहुँदैन ।

आमजनताले केसीलाई वास्तविक सत्याग्रहीका रूपमा हेरेकाले त्यस्ता सत्याग्रहीले कटु शब्द प्रयोग गर्न सुहाउँदैन । उनले यो विषयमा गम्भीरता अपनाउन जरुरी छ । सरकारले पनि डा. केसीले अब भविष्यमा कहिल्यै पनि अनशन बस्नुनपर्ने गरी चिकित्सा शिक्षा विधेयक पारित गर्न आवश्यक सहमति खोज्नुपर्छ । समाचार राजधानी दैनिकमा छ ।