६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

सडकका कारण पर्यटक आगमनमा कमी

सडकका कारण पर्यटक आगमनमा कमी
अ+ अ-

काठमाडौँ उपत्यकाको सडकको चर्चा कि बर्खायाममा हुन्छ कि सुक्खायाममा हुन्छ । बर्खामा हिलो र सुक्खायाममा धूलोले आजित भएपछि सबैले यहाँका सडक देखाउँदै आलोचना गर्न थाल्छन् ।

यसका लागि चाबहिल साँखु सडकखण्ड एउटा उदाहारण बनेको छ । काठमाडौँ उपत्यकाको मुख्य केन्द्रका रुपमा परिचित चाबहिलबाट साँखुसम्म पुग्ने सडको दूरावस्थाको कारण पर्यटन व्यवसायमा कमी आएको व्यवसायी बताउँछन् ।
साँखु सडकखण्ड हुँदै पुगिने पर्यटकीयस्थल नगरकोट, मिनी इलामका रुपमा परिचित सिन्धुपाल्चोकको भोटेचौरस्थित चिया बगान, पिकनिक हब जहरसिंहपौवा, झुलेलगायतका पर्यटकीय क्षेत्र साँखुहुँदै पुगिन्छ ।

“सडकको अवस्था दयनीय छ”, शङ्खरापुर प्याराग्लाडिङका पाइलट अजय चौलागाईं भन्नुहुन्छ, “सडकका खाल्डो, हिलो र धूलोले पर्यटक हैरान छन् । सडकका कारण प्याराग्लाइडिङका लागि आउने पर्यटकले समेत झिझो मान्ने गरेका छन् ।” सडकमा खाल्डाखुल्डी, धूलो र हिलाम्मे भएपछि सजिलै यात्रा गर्न सक्ने अवस्था छैन । सडकमा जताततै बिच्छाएको गिट्टी छरपष्ट छ । चौलागाई भन्नुहुन्छ, “पर्यटक घट्ने मुख्य कारण सडक हो ।” हिमाल हेर्दै प्याराग्लाडिङको मज्जा लिन आउने पर्यटकको रोजाइ जहरसिंहपौवा भए पनि सडकको दूरावस्थाका कारण उनीहरू अन्यत्रै जाने गरेका छन् ।

सडककै अवस्था हेरी ट्राभल एजेन्सी सञ्चालकले जहरसिंहपौवा आउने पर्यटकलाई अन्यत्र पठाउने गरेका छन् । पर्यटन तथा होटल व्यवसायीका अनुसार चाबहिलबाट जोरपाटी साँखुु हुँदै नगरकोट तथा शङ्खरापुर नगरपालिकाको विभिन्न पर्यटकीयस्थल पुग्ने सडकका कारण पर्यटकको सङ्ख्यामा ह्वात्तै घटेको छ । जहरसिंहपौवास्थित होटल हेभेन हिलका सञ्चालक रामप्रसाद तिमल्सिना भन्नुहुन्छ, “पर्यटकका लागि प्रयोग हुने गाडी बीच सडकका खाल्डामै रोकिन्छन् । मोटरसाइकल चिप्लिएर नपल्टिएको दिन हुँदैन । सडकको मर्मतसम्भार नगरिँदा व्यवसायमा ह्रास आएको छ । कच्ची सडकको धूलो र हिलोका रकाण पर्यटक आउनै मान्दैनन् ।”

सडक निर्माण कम्पनी र सरकारी निकायको पटकपटक ध्यानाकर्षण गर्दा सुनुवाइ नभएको उहाँको गुनासो छ । तीन वर्षयता बौद्ध–जोरपाटी–साँखु सडकको अवस्था नाजुक छ । पानी परे हिलाम्य र घाम लाग्दा सडक धुलाम्य हुन्छ । सडक नै नदेखिने गरी उड्ने धूलोले स्थानीयवासी मात्र होइनन् नेपाल घुम्न आउने बाह्य पर्यटकले समेत सास्ती खेप्नुपरेको छ । घाम लागेको समयमा धूलोले देख्न सकिन्न । सडकमा भएका खाल्डाले वारपार गर्न नसकिने नारायणटारका देवनारायण चौलागार्इं बताउनुहुन्छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तुप र ऐतिहासिक धरोहरका रुपमा रहेको साँखु समेत यही सडक खण्डमा भित्र पर्छ । सरकारले २०७२ सालमा चाबहिलबाट साँखुसम्म २२ मिटर चौडा चार लेनको सडक बनाउने योजना ल्याएको हो । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सडकखण्डको निर्माणको लागि बोलपत्र आह्वान गरेर असोजमा चार निर्माण व्यवसायीलाई ठेक्का दिएको छ । कूल लम्बाइ ११ दशमलव ४६ किलोमिटर सडकखण्डमा चार कम्पनीले समयमै निर्माण नसक्ने भएपछि थप एक अर्को कम्पनीलाई सडक विस्तार जिम्मा लगाइएको छ ।

काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाका सूचना अधिकारी विश्वविजयलाल श्रेष्ठका अनुसार हालै सर्वोच्च अदालतले सडकमा जग्गा पर्नेलाई मुआब्जा दिनुपर्ने आदेश दिएको छ । मुआब्जाको प्रक्रियामा जाँदा केही समय ढिला हुन पुगेको श्रेष्ठले बताउनुभयो । “विवादास्पद ठाउँभन्दा अन्य क्षेत्रमा निरन्तर काम भइरहेको छ । अब छिट्टै सडक बन्छ,” उहाँले भन्नुभयो । निश्चित समय लिएर आउने पर्यटक बाटोमै समय बित्ने भएपछि अन्यत्रै जान बाध्य छन् । व्यवसायीले सडको निर्माण छिटो सम्पन्न गर्न आग्रह गरेका छन् ।