१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोमल वलीको नाममा नेकपाको लफडा, तत्काल हटाउन नेपाल पक्षको माग



अ+ अ-

काठमाडौँ । नेकपाका माधव कुमार नेपाल पक्षका नेताहरुले सातवटा प्रदेश कमिटी गठन गर्दा मापदण्ड र विधान विपरीत सदस्यहरु राखिएको भन्दै बिरोध जनाएका छन् । नेपाल पक्षका नेताहरुले योग्यता नपुगेकाहरुलाई हटाउनुपर्ने प्रस्ताव राखेका राखेका थिए ।

तर, महासचिव विष्णु पौडेल र अर्का नेता शंकर पोखरेलले नेपाल पक्षको सो प्रस्ताव ठाडै अस्वीकार गरेपछि कार्यदल बैठक अवरुद्ध बनेको थियो ।

नेपाल पक्षधरकाकार्यदल सदस्यहरुले केही व्यक्तिको नामै लिएर विधान र मापदण्डविना कसरी प्रदेश कमिटी सदस्य बनाइए ? भन्ने प्रश्न राख्दा कार्यदलमा चर्कका चर्कि परेको थियो ।

सांसद कोमल वलीलाई ५ नम्बर प्रदेश कमिटी बनाइएको र कोष्टमा उनी राप्रपा केन्द्रीय सदस्यबाट एमाले प्रवेश गरेको गरेकाले उनलाई हटाउन माग गरेका थिए ।

नेपाल पक्षधर नेताहरुले राप्रपाको व्यक्ति पार्टी सदस्य भएको ६ वर्ष नपुगी प्रदेश कमिटी सदस्य बन्न नपाउने भन्दै चर्के बिरोध गरेका थिए ।

प्रदेश कमिटीमा मनोनित गरिएका कतिपय व्यक्तिहरुको योग्यतामा ‘राजपा जिल्ला अध्यक्ष’ र ‘मेघराज नेपालीका छोरा’ आदि पदावली राखिएको भन्दै कम्युनिस्ट पार्टीको प्रदेश कमिटी सदस्य बन्ने न्युनतम योग्यता पूरा हुनुपर्ने अडान लिएका थिए ।

तर, ओली पक्षले भने विभिन्न पार्टीबाट प्रवेश गरेका व्यक्तिलाई समायोजन गरिएको भन्दै तत्कालीन एमालेको विधान नेकपामा लागु नहुने तर्क गरेका छन् ।