१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशबाट फर्कीदा तस्करीको सुन



अ+ अ-

काठमाडौं । सुन तस्करीको अन्तर्राष्ट्रिय गिरोहले खाडीबाट फर्किएका कामदारलाई तस्करीमा प्रयोग गर्न थालेको पाइएको छ । विशेष गरी कतारबाट फर्किनेहरू तस्करीको सुनसहित पक्राउ पर्न थालेका छन् ।

गत आइतबार महानगरीय प्रहरी परिसरले पिंगलास्थानबाट समीर श्रेष्ठलाई सुनका पाँच थान चुरा (२५० ग्राम) सहित पक्राउ गर्यो । समीरले कतारबाट फर्केका ५ कामदारबाट उक्त सुन संकलन गरेका थिए ।

प्रहरीका अनुसार कतारमा रहेका समीरका आफन्तले ती कामदारलाई जनही ६ हजार दिने सर्तमा सुन ओसार्न लगाएका थिए । समीरले यस्तो सुन विमानस्थलबाहिर संकलन गर्ने र बजारमा बेच्ने गरेको प्रहरी अनुसन्धानले देखाउँछ ।

विदेशमा एक वर्षभन्दा बढी काम गरेका श्रमिकले फर्किंदा ५० ग्रामसम्म सुनको गहना ल्याउन पाउँछन् । संगठित सुन तस्करले पछिल्ला दिन यही प्रावधानको फाइदा उठाइरहेका छन् ।, कान्तिपुरमा खबर छ ।