३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना

इँटा उद्योग बन्द गर्न वातावरण ऐन निर्माण

इँटा उद्योग बन्द गर्न वातावरण ऐन निर्माण
अ+ अ-

काभ्रेपलाञ्चोक । मापदण्डविपरीतका इँटा उद्योग बन्द गर्न पाँचखाल नगरपालिकाले वातावरण ऐन निर्माण गरेको छ ।

नपाले निर्माण गरेको उक्त ऐन यसै साता नगरपरिषद्ले पास गरेको छ । स्थानीय तहले मापदण्डविपरीतका इँटा उद्योग बन्द गर्ने पूर्ण अधिकार नभएकाले वातावरण ऐन निर्माण गरी मानव तथा कृषि उपजमा प्रतिकूल असर पार्ने उद्योग बन्द गर्न लागिएको नगरप्रमुख महेश खरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “मापदण्डविपरीतका इँटा उद्योग बन्द गर्न वातावरण ऐन बनाइयो, अब एक हप्तामै नियमावली बनाएर बन्द गर्नतिर लाग्छौँ ।”

पाँचखाल नपाको वडा नं ७, ८, ९ र १२ मा सात इँटा उद्योग सञ्चालित छन् । पाँचखालका इँटा उद्योगको वातावरण प्रभाव मूल्याङ्कन ९आईइइ० अध्ययन गर्दा सबै इँटा उद्योग स्वीकृतअनुसार ९८ प्रतिशतसम्म मापदण्डविपरीत सञ्चालनमा रहेको नगरप्रमुख खरेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मापदण्डविपरीत सञ्चालित इँटा उद्योग बन्द गर्ने विषयमा केन्द्र र प्रदेश सरकारको निर्णय कु¥यौँ, तर अहिलेसम्म नआउँदा हामीले ऐन बनाएर बन्द गर्ने निर्णयमा पुग्यौँ ।”

नपाले तयार पारेको वातावरण ऐनमा ‘नागरिककको स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हकलाई सुनिश्चित गर्न, वातावरणीय जोखिम न्यूनीकरण गर्न तथा प्राकृतिक स्रोतको समुचित उपयोग र व्यवस्थापनबाट वातावरण संरक्षण गर्न कानूनी व्यवस्था वान्छनीय भएकाले नेपालको संविधानको धारा २२६ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ बमोजिम नगरसभाले यो ऐन बनाएको छ’ भनिएको छ । ऐनको नाम ‘पाँचखाल नगरपालिकाको वातावरण संरक्षण ऐन–२०७५’ राखिएको छ ।