![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
![](https://newspolar.com/wp-content/uploads/2018/12/arrested1.jpg)
बुटवल । सामुहिक बलात्कार गर्ने एक जनालाई दाङ प्रहरीले पक्राउ गरेकको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको विशेष टोलीले तुलसीपुर-१८ घर भएका विष्णु चौधरीलाई घरबाटै पक्राउ गरेको हो । सर्वोच्च अदालतले सजाय सुनाएपछि फरार रहेका चौधरी दुई वर्षपछि पक्राउ परेका हुन् ।
उनि बिरुद्ध २०६५ साल चैत महिनामा बिजौरीमा भएको सामूहिक बलात्कार घटनामा संलग्न रहेको अदालतको आरोप रहेको थियो ।। चौधरीलाई २०७३ साल फागुन ३० गते सर्वोच्च अदालतका तत्कालीन न्यायाधीशद्वय गोपाल पराजुली र गोविन्दप्रसाद उपाध्यायको संयुक्त इजलाशले बलात्कार गरी लुटपाट गरेको आरोपमा उनलाई १० वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो ।
चौधरीलाई अहिले जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।