• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   रोमानियालाई हराउँदै नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा प्रवेश ★   अष्ट्रियालाई हराउँदै टर्की युरो कपको क्वाटरफाइनलमा ★   कसरी चिप्लियो प्रचण्डको ३२ अंकको जादु ? ★   नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा ★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश

पूर्व एमालेवाट बिजयी उपमेयरको यस्तो चर्तिकला ! सरकारी खर्चमा मस्ती, विदेशमै मनाए जन्मदिन



धरान । धरान उपमहानगरपालिकाले सिक्किमको गान्तोक नगरपालिकासँग भगिनी सम्बन्ध गाँस्ने प्रस्ताव गर्‍यो। छलफल गर्न गान्तोकले धरानका पदाधिकारीलाई निम्त्यायो।
बैठकले सात जना गान्तोक जाने सिफारिस गर्‍यो। तर, कार्यवाहक मेयर मञ्जु भण्डारी ३० जनाको टोली लिएर गइन्। तर, उनीहरू पदाधिकारीको जन्मदिन र व्यवसायीको वैवाहिक वर्षगाँठ मनाउन व्यस्त छन्।
धरान उपमहानगरपालिकामा केही समययता बजेट दुरुपयोग बढेको समाचार आइरहेका छन्। त्यसैलाई पुष्टि गर्नेगरी वरिष्ठ प्रशासकीय अधिकृत खगेन्द्र खतिवडाको जन्मदिन गान्तोकमा मनाइएको छ।
उनले जन्मदिन मनाएको तस्बिर फेसबुकमा राखेका थिए। कार्यवाहक मेयर भण्डारीको नेतृत्वमा बुधबार धरानबाट हिँडेको टोलीमा प्रशासकीय अधिकृत खतिवडा, अन्य जनप्रनिनिधि, यातायात व्यवसायी, कलाकार र पत्रकार समेत छन्। गान्तोकसँग भगिनी सम्बन्ध कायम गर्न गएको टोली जन्मदिन मनाउन व्यस्त भएको खबरपछि तीव्र आलोचना भइरहेको छ भन्ने खबर अन्नपूर्णपोष्ट दैनिकमा छ।
भ्रमण टोलीमा रहेका व्यवसायी हीरा उदासको वैवाहिक वर्षगाँठसमेत गान्तोकमै मनाइएको टोलीका एक सदस्यले बताए। भ्रमण टोलीमै रहेका धरान–१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज)ले भने जन्मोत्सवमा आफू सहभागी नभएको बताए।

उपमहानगरको बजेटमा जन्मोत्सव मनाइएको भए त्यो गलत रहेको पनि उनले बताए। भट्टराईले आफू उपमहानगरको नभई व्यक्तिगत खर्चमा गएको दाबी पनि गरे। भट्टराई र वडा नम्बर २ का कार्यवाहक अध्यक्ष धर्म तामाङ भने धरान फर्किसकेका छन्। कार्यवाहक मेयर भण्डारीसहित टोलीका अन्य सदस्य भने उतै छन्। जोडी बाँधेर भ्रमण सिक्किम भम्रणमा गएका टोलीमा अधिकांश दम्पती छन्।
कार्यवाहक मेयर भण्डारीसँग उनका पति मुरारी सुवेदी पनि छन्। सुवेदी नेकपाका जिल्ला सदस्य हुन्। प्रशासकीय अधिकृत खतिवडा, यातायात व्यवसायी सरोज श्रेष्ठ, हीरा उदास पनि पत्नीसहित छन्। उपमहानगरसँग कुनै साइनो नराखेका पनि भ्रमण टोलीमा छन्। उनीहरू पनि दम्पतीसहित गएका छन्।