• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   संविधान संशोधनमा सहमत हुने दलहरुलाई ओली नेतृत्व सरकारमा समावेश गरिने ★   देशका महत्वपूर्ण मुद्दा सम्बोधन गर्न राष्ट्रिय सहमतिको नयाँ सरकार गठन हुन्छ: काँग्रेस ★   एमाले अध्यक्ष ओली बालुवाटारमा ★   एमाले सचिवालय बैठक बस्दै ★   नयाँ राजनीतिक घटनाक्रममा बालेनको कटाक्ष: काले काले मिलेर खाऊ भाले ★   नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै ★   रोल्पाको तालाबाङमा जिप दुर्घटना: सात जनाको मृत्यु ★   नेपालको शिक्षा प्रणाली, एसईई परिणाम र तितो यथार्थ : एक आलोचनात्मक विश्लेषण ★   देउवाले आफ्नै निवासमा बोलाए पदाधिकारी बैठक ★   कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिमा के छ ?

न्यूयोर्कमा दशौं हजार महिलाको प्रदर्शन



न्यूयोर्क । चिसो हावाको चुनौती सहँदै दशौँ हजार महिलाले अमेरिकाको न्यूयोर्कमा बृहत प्रदर्शन गरेका छन् ।
महिला अधिकार र लैङ्गिक असमानता अन्त्यलगायतका माग राख्दै उनीहरुले शनिबार प्रदर्शन गरेको समाचारमा जनाइएको छ । वार्षिक देशव्यापी कार्यक्रम अन्तर्गत उनीहरुले प्रदर्शन गरेका हुन् ।
प्रदर्शन गर्नुपूर्व उनीहरु स्थानीय समयानुसार बिहान ११ बजेको आसपासमा म्यानह्याटनको पश्चिमतर्फ भेला भएका थिए ।
प्रदर्शनमा सहभागी हजारौँले आफैँ बनाएका फरक फरक पोस्टर तथा ब्यानरहरु प्रदर्शन गर्नुका साथै विभिन्न नारा लगाएका थिए ।
उनीहरुले व्यानर, पोष्टर र नारामा लैङ्गिकतासम्बन्धी र मुलुकमा भइरहेको अन्याय सम्बन्धी विषयलाई उठाएका थिए ।
“महिलाहरुको नयाँ अवस्था र भविष्यका लागि म प्रदर्शनमा सहभागी भएको हुँ,” १७ वर्षीया इमिली बाल्टरले भने ।
स्थानीय जेनिफर एडिसनले पनि महिला अधिकारका लागि आफूहरु सङ्घर्षमा रहेको बताए । म्यानह्याटनबाट सुरु भएको प्रदर्शनमा एक हजार पाँच सय सहभागी भएका थिए ।

सन् २०१७ को जनवरीमा पहिलो महिला र्याली आयोजना गरिएको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पको सपथग्रहण समारोह भइरहेका बेला दबाब दिनका लागि त्यतिबेला पहिलो पटक महिलाहरुले ¥यालीको आयोजना गरेका थिए ।