२५ चैत्र २०८१, सोमबार
April 7, 2025 Monday

18.27°C

काठमाडौं

18.27°C

Kathmandu

Feels-like: 18.03

Wind: 1.03

Humidity: 72

तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला तथा बालबालिकामाथिको हिंसा अन्त्य गर्न प्रहरी लागि परेको छ : महानिरीक्षक खनाल



अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीले सार्वजनिक यातायातमा हुने महिला तथा बालबालिकामाथिको हिंसा अन्त्यका लागि पनि अभियान चलाएको बताएको छ ।

आइतबार महानगरीय परिसर, टेकूको हाताभित्र निर्माण गरिएको नागरिक सहायता कक्ष भवनको उद्घाटन गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सार्वजनिक यातायातमा हुने महिला तथा बालबालिकाको हिंसा अन्त्यका लागि अभियाननै संचालन गर्ने घोषणा गरेका हुन्।

उनले त्यसका लागि महिला संजाल र महिला तथा बालबालिकाको क्षेत्रमा कार्यरत संघ, संस्थाहरुसँग सहकार्य गरेर अघि बढ्ने योजना पनि बताएका हुन् ।

खनालले नेपाल प्रहरीले शान्ति सुरक्षालाई सुदृढ बनाउने र समाजको विकासमा पनि योगदान गर्दै लैजाने योजना एकैसाथ अघि बढाउन चाहेको समेत स्पष्ट पारे। उनले नागरिकको सहायताबिना नेपाल प्रहरीले अपराध अनुसन्धानलगायतका कुनै पनि दायित्व पूरा गर्न नसक्ने पनि बताएका छन् ।

सो भवन नेपाल बंगलादेश बैंकको १९ लाख ५० हजार आर्थिक सहायतामा निर्माण गरिएको कार्यक्रमममा जानकारी दिईएको थियो ।