• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   ठेउलेखोलामा आएको बाढीले कालीगण्डकी करिडोर अवरुद्ध ★   रोमानियालाई हराउँदै नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा प्रवेश ★   अष्ट्रियालाई हराउँदै टर्की युरो कपको क्वाटरफाइनलमा ★   कसरी चिप्लियो प्रचण्डको ३२ अंकको जादु ? ★   नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा ★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह

पूर्व राजदुतको ओली सरकारलाई यस्तो चुनौती, सरकार मौन



काठमाडौं । दीपेन्द्र गजुरेल, स्पेनका लागि नेपाली राजदूत भरतबहादुर रायमाझीलाई सरकारले फिर्ता बोलाए पनि उहाँ सरकारी निर्णयलाई चुनौती दिँदै अझै स्पेनमै बस्नुभएको छ ।

मन्त्रिपरिषद्ले गत पुस ९ गते ३ हप्ताको समय तोकेर उहाँलाई नेपाल फिर्ता बोलाउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयअनुसार पुस १२ मा परराष्ट्र मन्त्रालयले स्पेन दूतावासलाई पत्राचार गरेकोमा रायमाझीले परराष्ट्रको निर्देशनलाई अवज्ञा गर्नुभएको छ । परराष्ट्रले तोकेको समयसीमाअनुसार उहाँ माघ २ गतेभित्र स्वदेश फर्किसक्नुपर्ने थियो ।

स्वदेश फर्कन केही समय थप गर्न आग्रह गर्दै रायमाझीले परराष्ट्रलाई पत्राचार गरे पनि उहाँको माग अस्वीकार गर्दै तोकिएकै मितिमा फर्कन निर्देशन दिइएको स्रोतले बताएको छ ।

पदमुक्त भए पनि उहाँ म्याड्रिडको राजदूत निवासमा राजदूतको सुविधा लिएर बसिरहनुभएको छ । उहाँले निवास नछोडेपछि बिजुली, पानी, इन्धन, टेलिफोन पूर्ववत् अवस्थामा प्रयोग भइरहेकाले राज्यलाई ठूलो व्ययभार थपिएको दूतावासका अधिकारी बताउँछन् ।

‘अब त उहांको हैसियत पूर्वराजदूतको भइसक्यो तर उहाँ दूतावासकै खर्चमा आफ्नो र परिवारको औषधि उपचार गराइरहनुभएको छ’ –दूतावास स्रोतले भन्यो । यस सम्बन्धमा रायमाझीसँग पटक–पटक प्रतिक्रिया लिन खोज्दा उहाँ सम्पर्कमा आउन चाहनुभएन ।

मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्नु उहाँको पनि नैतिक दायित्व रहेको तर निर्णय नै अटेर गरेपछि परराष्ट्रले सोझै एक्सन लिनुपर्ने दूतावास अधिकारी बताउँछन् ।

यसबारेमा जिज्ञासा राख्दा दूतावासका प्रथम सचिव हरिहरकान्त पौडेलले भन्नुभयो– ‘दूतावासले अब मन्त्रालयको निर्देशन अनुसार आफ्नो काम कारबाही अघि बढाउँछ ।’

सरकारले रायमाझीलाई फिर्ता बोलाएपछि पौडेलले कार्यवाहक राजदूतको जिम्मेवारी सम्हाल्नुभएको छ । मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न मन्त्रालयले स्पेन दूतावासमा पत्राचार गरिसकेकाले यसबारेमा राजदूत अनविज्ञ नहुनुपर्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले बताउनुभयो । ‘फिर्ता हुन ३ हप्ताको समय उपलब्ध गराएकोमा उहाँलाई जानकारी भइसकेको हुँदा उपयुक्त समयमै फर्किनेमा मन्त्रालयले विश्वास लिएको छ’ –पौडेलले भन्नुभयो ।

पूर्वराजदूत रायमाझीको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा किर्ते बिल प्रयोग गरी हिनामिना गरेको उजुरीसमेत परेको छ । स्पेनबासी नेपालीले भने उहाँले स्पेन सरकार समक्ष शरणार्थीको निवेदन दिएर यतै बसोबास गर्न चाहेको अनुमान गरेका छन् । स्मरण रहोस् बेलायतका लागि तत्कालीन राजदूत मुरारीराज शर्माले आफ्नो पदावधि सकिएपछि बेलायत सरकारसमक्ष शरणार्थी घोषणाको माग गरेर नेपाल नफर्की उतै बस्नुभएको थियो । समाचार नेपाल समाचारपत्रमा छ ।