१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी विपत्तिमा ‘अहंकार, निषेध र प्रतिशोध त्याग्न’ योगेश भट्टराईको बालेन सरकारलाई आग्रह हिमानी कोषद्वारा बाढी प्रभावित समुदायलाई खाद्यान्न तथा राहत सामग्री सहयोग त्रिशूली–३ ‘बी’ आयोजनामा उद्धारका लागि नेपाली सेनासहितको प्राविधिक टोली परिचालित बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा भोटेकोशी बाढीमा मृतकको संख्या ७६८ पुग्यो, चितवनमा मात्रै २६४ शव फेला दुई हप्ताभित्र गल्छी–स्याँफ्रुबेसी सडक खुलाउने तयारी, बाढीले कोल्पुखोला पुल बाङ्गियो भोटेकोशी विपत्तिमा राजनीति नगर्न ओलीको आग्रह, सरकारप्रति भने आक्रोश केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल भोटेकोशी विपद् प्रभावितको राहत तथा पुनःस्थापनाका लागि सिद्धार्थ बैंकले दियो रु. २ करोड ५१ लाख विपद् व्यवस्थापनबारे छलफल गर्न रास्वपाको केन्द्रीय समितिको भर्चुअल बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितुवाको छालासहित एक युवक पक्राउ



अ+ अ-

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आइतबार ध्वाँसे चितुवाको एक र चितुवाको छालासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले चितुवा तथा ध्वाँसे चितुवाको छालासहित युवकलाई पक्राउ गरेको हो । ५ नं प्रदेशको अपराध अनुसन्धान समूहको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, सुर्खेत र सो अपराध अनुसन्धान समूहको संयुक्त टोलीले कर्णाली राजमार्गअन्तर्गत वीरेन्द्रनगर नगरपालिका–३ ऐरी चोकस्थित सडकमा हिँडिरहेको अवस्थामा एक युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता दीपेन्द्रबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

पक्राउ पर्ने युवक रास्कोट नगरपालिका–४ कालीकोटका २९ वर्षीय टङ्कप्रसाद उपाध्याय हुन् । विशेष सूचनाका आधारमा युवकले बोकेको झोला जाँच गर्दा झोलामा चितुवाको छाला र ध्वाँसे चितुवाको छाला दुई थान भेटिएको बताइएको छ ।