१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

अझै सकिएन लेखेर जुम्ली शब्दकोश

अझै सकिएन लेखेर जुम्ली शब्दकोश
अ अ+ अ-

जुम्ला । उमेरले ७२ वर्ष नाघेका चन्दननाथ नगरपालिका– २ आचार्यवडाका भाषाविद् रमानन्द आचार्य ‘खसिया आखर’ नेपाली भाषाको जुम्ली शब्दकोश लेख्दै हुनुहुन्छ ।

तत्कालीन जिल्ला विकास समितिको लगानी र भाषाविद् आचार्यसहित अन्य जुम्ली अगुवा नागरिकको पहलमा विसं २०६५ देखि जुम्लाको सिञ्जा उपत्यकाबाट उत्पत्ति भएको लोपोन्मुख ‘खसिया आखर’ नेपाली भाषाको जुम्ली शब्दकोश लेखन कार्य शुरु गरिएको हो ।

विसं १८४६ पूर्वको शक्तिशाली ‘खस’ राज्यको पहिचान विलय हुन नदिन र यहाँको सामाजिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्वलाई जीवन्त राख्न ‘खसिया आखर’ शब्दकोश निर्माण गर्न थालिएको भाषाविद् आचार्यले बताउनुभयो ।

कर्णालीका झर्रा खस शब्दमात्र समेटिने यो शब्दकोश एक हजार पृष्ठको हुने उहाँले जानकारी दिनुभयो । “शब्दकोश लेख्न थालेको दशक पुग्यो”, उहाँले भन्नुभयो, “अब अन्तिम चरणमा छौँ ।” तत्कालीन जिल्ला विकास समिति जुम्लाका स्थानीय विकास अधिकारी तिलक पौडेलसँगको समन्वयमा शब्दकोश लेखन कार्य शुरु भएको हो ।

“अर्का स्थानीय विकास अधिकारी कृष्णचन्द्र घिमिरेको सहयोगमा तयारी कार्य निरन्तर अघि बढिरहेको छ”, भाषाविद् आचार्यले भन्नुभयो, “शब्द सङ्कलन तथा सम्पादनको पूर्ण जिम्मेवारी मेरै छ ।”

शब्दकोशमा तत्कालीन खस राज्य सिञ्जा उपत्यकाभित्र र त्यस वरपर बोलिने भाषामा प्रयोग हुने शब्द सङ्कलन गरिएका छन् । शब्द सङ्लनका लागि भाषाविद् आचार्य अन्य सहकर्मी डोल्पाको तलिभोटान, कालीकोटको रासकोट भेक, मुगु तथा हुम्लामा पुग्नुभएको छ ।

शब्दकोश निर्माणका लागि जानकार गणेश चौलागाईं, हरिशरण आचार्य, प्रकाशचन्द्र खत्री र हरिबाबु चौलागाईंसहितको पाँच सदस्यीय टोली गठन गरिए पनि अहिले आचार्य एक्लै दैनिक रूपमा खटिनुभएको छ ।

पुराना खस शब्द सङ्कलनमा भने सिञ्जाका स्थानीय संस्कृतिसम्बन्धी जानकार तुङ्गानाथ उपाध्यायले सहयोग गर्दै आउनुभएको छ । खस शब्द सङ्कलनका लागि जुम्लाका सिञ्जा, पाँचसय, चौधबीस र असी भेकलाई केन्द्रविन्दु बनाइएको छ । हालसम्म २५ हजार जति शब्द सङ्कलन गरिएका छन् ।

हरेक दिन तत्कालीन जिल्ला विकास समिति अर्थात जिल्ला समन्वय समितिको परिसरभित्र ‘खसिया आखर’ जुम्ली शब्दकोश तयार गर्न राखिएको कार्यालयमा भाषाविद् आचार्य उपस्थित भएर जुम्ली शब्दकोश लेखनमा जुट्नु भाषाविद् आचार्यको दैनिकी बनेको छ ।

‘खसिया आखर’ लेख्ने काम अन्तिम चरणमा पुगेको छ । पहिलो पटक खस भाषामा लेख्न लागिएको खस भाषाको बृहत् शब्दकोश ‘खसिया आखर’को पाण्डुलिपिको तयारी अन्तिम चरणमा पुगेको छ । ‘खसिया आखर’ जुम्ली शब्दकोश करीब ४० हजार शब्दको हुने अनुमान गरिएको छ । पुनरावलोकन गर्ने काम पनि अन्तिम चरणमा पुगेको लेखक रमानन्द आचार्यले बताउनुभयो ।

आचार्यले शब्दकोश हजार बढी पृष्ठ हुने सम्भावना रहेको बताउनुभयो । “विदेशी भाषाको नक्कलले आफ्नै मातृभाषा हराउँदै जान थालेको चिन्ताले खस शब्द खोज्दै शब्दकोश लेखन अभियानमा जुटेको हूँ”, उहाँले भन्नुभयो । उहाँका अनुसार नेपाली भाषाको उत्पत्ति भाषाका रूपमा लिइएको खस भाषा बोलिने क्षेत्रमा कथ्य भाषाका रुपमा मात्रै रहेकाले यसलाई संरक्षण र लिपिबद्ध गर्न ‘खसिया आखर’ शब्दकोश निर्माण गर्नुपर्ने आवश्यकता भएको हो । पहिलो असी दराली भाषिकाका उपभाषिकाभित्र असीदरा, पाँचसय दरा, सिञ्जा दराका भाषाका शब्द राखिएको छ भने दोस्रो तिब्रिकोटी भाषिकाभित्र चौधबिस दरा र डोल्पाका भाषा छन् ।

तेस्रो रास्कोटी भाषिकाभित्र कालीकोटमा बोलिने भाषा छन् भने चौथो मुहु भाषिकाभित्र मुगु र हुम्ला जिल्लाभित्र बोलिने भाषालाई समावेश गरिएको भाषाविद् आचार्यको भनाइ छ । सङ्कलित शब्दमध्ये ‘अ’ देखि ‘न’ वर्णसम्मका सबै शब्द ‘कम्प्युटराइज्ड’ गरिसकिएको छ भने बाँकी शब्द ‘कम्प्युटराइज्ड’ गर्न चन्दननाथ नगरपालिकाले चालु आर्थिक वर्षमा रु दुई लाख बजेट विनियोजन गरेको छ । “बाँकी ‘प’ देखि ‘ज्ञ’ सम्मका वर्णबाट आउने शब्द छ महीनाभित्र सक्ने लक्ष्य राखेको छु”, उहाँले भन्नुभयो ।

ढल्किँदो उमेर रहेकाले आफूले थालेको काम आफैँले सबैको माझ बेलैमा प्रकाशनमा ल्याउने ठूलो इच्छा रहेको उहाँको भनाइ छ । उहाँले शुरुमा पाण्डुलिपि तयार गरी विषय विज्ञसम्म पु¥याउने र उहाँहरूबाट आएका सुझावबमोजिम संशोधनसहित परिमार्जित, परिस्कृत शब्दकोश आर्थिक वर्ष ०७६÷७७ मा प्रकाशन गर्ने जमर्को राखिएको बताउनुभयो । शब्दकोश प्रकाशनका लागि जिल्ला समन्वय समितिमार्फत नगरपालिका र गाउँपालिकामा रु २२ लाख बजेटको प्रस्ताव गरिएको भाषाविद् आचार्यले बताउनुभयो ।

जीवनको उत्तरार्धमा नयाँ पुस्तालाई महत्वपूर्ण कोसेली छोड्न अहोरात्र खटिएर काम गरेको भन्दै जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले सबै स्थानीय तहमा पहल गरिदिने बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो इतिहास जोगाउन जुम्ली शब्दकोश निकै महत्वपूर्ण भएकोले सबैले सहयोग गर्नुपर्ने आवश्यक रहेको छ ।”