७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी

डा. केसी ठूलो अपराधी हुन् : पूर्वमन्त्री मिश्र

डा. केसी ठूलो अपराधी हुन् : पूर्वमन्त्री मिश्र
अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले अनशनरत डा. गोविन्द केसीका सबै माग पूरा भएको स्पष्ट पारेका छन् । उनले भने,‘डाक्टर केसीले उठाउनुभएको माग विद्येयकमा लगभग सबै समेटिएका छन् ।’


आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले आफू पनि संसदको स्वास्थ्य तथा शिक्षा समितिको सदस्य भएको नाताले र मन्त्रालयको तर्फबाट पनि आफू नै समितिको बैठकमा सहभागी भएको सुनाए । उनले भने,‘यसमा जसरी उहाँहरुले भन्नुभयो एउटै कुरा, मात्रै एउटा कुरा, त्यो के छ अब उपत्यकाबाहिर खोल्ने एउटा कुरा आयो । फेरि दोस्रो कुरा के आयो भने ५ भन्दा बढि नदिने, र तेस्रो कुरा के आयो भने जो सँग आफ्नो मेडिकल कलेज छैन, त्यसलाई दिन नपाउने । भनाईको मतलव के हो भने जम्मा दुई वटा भयो । एउटा केएमसी र अर्को टियु । जो संग यसअगावै पाँचभन्दा बढि कलेज छन् । यसको मतलव यो भयो कि बाहिर नखोल्नुहोस् ।’


उनले भने,‘जबसम्म मेडिकल युनिभर्सीटी हुँदैन् । काठमाडौंमा नखोल्नेबारे सबै सहमति भए । यो ठिक छ । तर, काठमाडौं बाहिरको हकमा, लेटर अफ ईन्टेन्ट दिएको र जसको तीन वर्ष पढाएको पूरा भएको छ । यो बाहेक अरु के भएन त ? सरकारले समयपनि माग्न नपाउने ? तपाई हामीलाई केही दिन समय दिनुहोस, बरु पाँच , ६ वटा छन्, त्यसलाईपनि झार्छौं हामी । मेडिकल युनिभर्सीटी बनाउनको लागि समय चाहिन्छ । जसरी बिपीकेएच धरान छ, जसलाई बनाउन मिल्छ ।’
मन्त्री यादवले सरकारको विरोध गर्नेहरुलेमात्रै गोविन्द केसीको माग पूरा नभएको भनेर यसलई मुद्दा बनाएको आरोप लगाए ।


सत्तारुढ दल नेकपाका नेता एवम् पूर्व स्वास्थ्यमन्त्री डा. वंशिधर मिश्रले डाक्टर गोविन्द केसीले उठाएका ९९ प्रतिशत माग पूरा भैसकेको दाबी गरेका छन् । उनले भने,‘उहाँले दिपावली मनाउनुपर्दथ्यो, तर अनशन बस्नुभएको छ । मनमोहन मेडिकल कलेज अब काठमाडौंमा खुल्दैन । उहाँको मुख्य माग नै त्यही थियो । त्यो अहिले पूरा भएको छ।’


डा. केसीले आफूहरुलाई नैतिकताको पाठ सिकाउन नमिल्ने पनि उनले जिकिर गरे । उनले थपे,‘उहाँले नैतिकताको पाठ सिकाउनुभन्दापनि पहिले आँफैले सिक्नुपर्छ । उहाँ सरकारी कर्मचारी भएरपनि राजनीति गरिरहनुभएको छ । प्राध्यापक पद नछोड्ने अनि पढाउन पनि नजाने ? नैतिकता त उहाँले सिक्नुपर्छ ? अनि अपरेशनपनि नगर्ने ?’


राजनीति नै गर्न मन भए डा. केसीले राजिनामा दिएर खुल्ला राजनीतिमा आउन पनि उनले चेतावनी दिए । डाक्टर केसीसँग भएको सम्झौता पालना गर्छु भनेर सरकारले नभनेको बरु विद्येयक पास गराउन पहल गर्छु भनेर लेखिएको पनि उनले स्पष्ट पारे ।


उनले भने,‘सरकारले विद्येयक पास गर्छु भनेर सम्झौता लेखिएको छैन । बरु, विद्येयक पास गराउन पहल गर्छु भनेको छ । म सम्झौतापत्र हेर्न आग्रह गर्छु ।’
मिश्रले गोविन्द केसीको ज्यान बचाउन उनकै समर्थकहरुले नचाहेको पनि गम्भिर आरोप लगाए । उनले भने,‘उहाँहरुमा लचकता छैन । सरकारले हेलिकप्टरमार्फत उहाँलाई काठमाडौं ल्याएर उपचार गरिरहेको छ । अहिले आईसियुमा उपचार भैरहेको छ।’ उनले डा. केसीलाई अपराधीको संज्ञासमेत दिए ।


फरक प्रसँगमा उनले डाक्टर केसीको विरुद्धमा अनशन बस्ने विजय थापालाई आफूले नचिनेको पनि स्पष्ट पारे । उनले भने,‘उहाँ पनि अनशन बस्नुभएको छ भन्ने कुरा मिडियामार्फत सुनेको छु, तर म चिन्दिन् । उहाँका माग पनि सुनाई हुनुपर्छ ।’


डाक्टर केसीको माग सबैभन्दा बढि ओली सरकारले नै पूरा गरेको उनको दाबी छ । उनले मुलुकलाई अनशन रोगबाट बचाउनुपर्नेपनि बताए ।
डाक्टर गोविन्द केसीका समर्थक एवम् अधिवक्ता डा. सुरेन्द्र भण्डारीले सरकारले केसीसँग गरेको सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन् । उनले भने,‘सरकारले नै अहिलेको समस्याको सिर्जना गरेको हो । अब यसको समाधानपनि सरकारले नै गर्न सक्छ ।’ डाक्टर केसीको अनशन आम नागरिकको पक्षमा रहेको उनको भनाई छ ।


दुई तिहाईको नाममा वर्तमान सरकार निरंकुश बन्दै गैरहेको पनि उनले आरोप लगाए । उनले थपे,‘सरकारले केसीसँग गरेको सम्झौता पूर्ण रुपमा पालना गर्नुपर्छ ।’ अबको समाधान भनेको नै सरकार लचिलो बन्नुपर्ने उनले सुझाए ।
आफूहरुले अहिले संविधानको सर्वोच्चतामा रहेकोले प्रधानमन्त्री केपी शर्मा ओलीले केसीसँग गरेको सम्झौता पूरा गर्नुपर्नेमा जोड दिए । उनले भने,‘प्रधानमन्त्री भनेको त मुलुकको अभिभावक हो । अभिभावकले ढाँट्दैन् ।’


उनले भने,‘कतै प्रधानमन्त्री संसदमा अल्पमतमा त हुनुहुन्न भन्ने प्रश्न उब्जिएको छ । उहाँले आँफै सम्झौता गरेको कुरा किन लागु गर्नुभएन ? किन सम्झौता कार्यान्वयन गर्नुभएन ? प्रधानमन्त्रीजस्तो व्यक्तिले उदण्ड रुपमा बोल्न मिल्दैन् ।’
डाक्टर केसी निष्ठापूर्वक देश र जनताको पक्षमा अनशन बसेको भण्डारीको भनाई छ । तर, केसीको विरुद्धमा विजय थापा अनशन बसेको कुरालाई अनशनको रुपमा लिन नसकिने उनको तर्क छ । उनले भने,‘विजय थापा निष्ठापूर्वक अनशन बसिरहेका होईनन् । उनलाई कसैले उक्साएका छन् ।’


डाक्टर केसीका समर्थक डा. अभिषेक प्रताप सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति आफूहरुलाई दुःख लागेको बताएका छन् । उनले भने,‘प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिले हामीलाई दुःख लागेको छ । अब राज्यमाथि शंकाको प्रश्न उठेको छ।’
सरकारले अहिले ईगो देखाईरुहेको पनि उनले गुनासो पोखे । सिंहले भने,‘डाक्टर केसी तीन करोड नेपालीको हित र पक्षमा सत्याग्रहमा हुनुहुन्छ । तर, सरकारले आँफै गरेको सम्झौता पालना गरेन । समस्या राज्यबाट नै सिर्जना भएको छ ।

अब समाधानपनि उहाँहरुबाटै हुनुपर्छ ।’
उनले वर्तमान सरकार मुद्दा केन्द्रित नभएको पनि जिकिर गरे । आफुहरु शान्तिपूर्ण रुपमा आवाज बुलन्द गर्ने पक्षमा रहेको उनले जनाए ।