६ पुष २०८२, आईतवार
,
Latest
ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

मातृ शिशु मृत्युदर घट्यो



अ+ अ-

बेइजिङ । चीनको स्वास्थ्य सेवामा निरन्तर सुधार आएका कारण सन् २०१८ मा मातृ तथा शिशु मृत्युदर घटेको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।

सन् २०१८ मा प्रति एकलाख जीवित जन्ममा सुधार आई मातृ मृत्युदर १८.३ रहेको छ । अघिल्लो वर्ष यो प्रति एकलाख जीवित जन्ममा १९.६ थियो । बाल मृत्युदरमा पनि सुधार आई प्रति एक हजार जीवित जन्ममा ६.१ को मृत्यु हुने गरेको छ जबकी यो अघिल्लो वर्ष ६.८ थियो ।

यसबाहेक, पाँच वर्षमुनिका बालबालिकाको मृत्युदरमा पनि कमी आई गत वर्ष प्रति एक हजार जीवित जन्ममा ८.४ को मृत्यु हुने गरेको छ । सन् २०१७ मा प्रति एक हजार जीवित जन्ममा बाल मृत्युदर ९.१ थियो ।

आयोगका एकजना अधिकारी यू यानहोङले गर्भवतीको स्वास्थ्य जाँचका लागि आपतकालीन केन्द्रहरु खोलिएका कारण महिला र बालबालिकाको मृत्युदर घटाउन ठूलो भूमिका खेलेको बताउनुभयो । साथै, गम्भीर बिरामी नवजात शिशु र आमाहरुको उपचारमा विशेष सुविधा उपलब्ध गराइएको, मातृ तथा बालस्वास्थ्य संस्थाहरुको अनुगमनलाई तिब्रता दिइएको तथा उपचारमा चुस्तता ल्याइएको पनि उहाँले बताउनुभयो ।

मातृ तथा बाल स्वास्थ्यमा थप सुधार ल्याउन आयोगले प्रान्तहरुमा महिला र बालबालिकाका लागि थप स्वास्थ्य सेवा विस्तार गर्न लागेको तथा स्वास्थ्यकर्मीका लागि समयानुकूल तालिम उपलब्ध गराउन लागेको छ ।

चीनले सन् २०३० भित्र मातृ मृत्युदरलाई प्रति एक लाख जीवित जन्ममा १२ मा ल्याउने तथा बाल मृत्युदरलाई प्रति एक हजार जीवित जन्ममा पाँचमा ल्याउने योजना बनाएको छ ।