१४ भाद्र २०८३, आईतवार
,
Latest
रवि लामिछाने र मुख्यमन्त्री किरण थापाबीच भेटवार्ता, विपद् व्यवस्थापनमा तीन तहबीच समन्वय आवश्यक रहेको निष्कर्ष भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सञ्चार सहज बनाउन २० स्याटेलाइट फोन बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत तीव्र बनाउन सरकारसँग समन्वय गर्ने रवि लामिछानेको प्रतिबद्धता माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारका लागि ब्लास्टिङसम्मको तयारी टनेलभित्र उद्धार टोली पठाउने तयारी, पोर्टको मुख सफा गरिँदै भोटेकोशी विपत्तिमा ‘अहंकार, निषेध र प्रतिशोध त्याग्न’ योगेश भट्टराईको बालेन सरकारलाई आग्रह हिमानी कोषद्वारा बाढी प्रभावित समुदायलाई खाद्यान्न तथा राहत सामग्री सहयोग त्रिशूली–३ ‘बी’ आयोजनामा उद्धारका लागि नेपाली सेनासहितको प्राविधिक टोली परिचालित बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा भोटेकोशी बाढीमा मृतकको संख्या ७६८ पुग्यो, चितवनमा मात्रै २६४ शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

मातृ शिशु मृत्युदर घट्यो



अ+ अ-

बेइजिङ । चीनको स्वास्थ्य सेवामा निरन्तर सुधार आएका कारण सन् २०१८ मा मातृ तथा शिशु मृत्युदर घटेको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।

सन् २०१८ मा प्रति एकलाख जीवित जन्ममा सुधार आई मातृ मृत्युदर १८.३ रहेको छ । अघिल्लो वर्ष यो प्रति एकलाख जीवित जन्ममा १९.६ थियो । बाल मृत्युदरमा पनि सुधार आई प्रति एक हजार जीवित जन्ममा ६.१ को मृत्यु हुने गरेको छ जबकी यो अघिल्लो वर्ष ६.८ थियो ।

यसबाहेक, पाँच वर्षमुनिका बालबालिकाको मृत्युदरमा पनि कमी आई गत वर्ष प्रति एक हजार जीवित जन्ममा ८.४ को मृत्यु हुने गरेको छ । सन् २०१७ मा प्रति एक हजार जीवित जन्ममा बाल मृत्युदर ९.१ थियो ।

आयोगका एकजना अधिकारी यू यानहोङले गर्भवतीको स्वास्थ्य जाँचका लागि आपतकालीन केन्द्रहरु खोलिएका कारण महिला र बालबालिकाको मृत्युदर घटाउन ठूलो भूमिका खेलेको बताउनुभयो । साथै, गम्भीर बिरामी नवजात शिशु र आमाहरुको उपचारमा विशेष सुविधा उपलब्ध गराइएको, मातृ तथा बालस्वास्थ्य संस्थाहरुको अनुगमनलाई तिब्रता दिइएको तथा उपचारमा चुस्तता ल्याइएको पनि उहाँले बताउनुभयो ।

मातृ तथा बाल स्वास्थ्यमा थप सुधार ल्याउन आयोगले प्रान्तहरुमा महिला र बालबालिकाका लागि थप स्वास्थ्य सेवा विस्तार गर्न लागेको तथा स्वास्थ्यकर्मीका लागि समयानुकूल तालिम उपलब्ध गराउन लागेको छ ।

चीनले सन् २०३० भित्र मातृ मृत्युदरलाई प्रति एक लाख जीवित जन्ममा १२ मा ल्याउने तथा बाल मृत्युदरलाई प्रति एक हजार जीवित जन्ममा पाँचमा ल्याउने योजना बनाएको छ ।




भर्खरै