१४ भाद्र २०८३, आईतवार
,
Latest
रवि लामिछाने र मुख्यमन्त्री किरण थापाबीच भेटवार्ता, विपद् व्यवस्थापनमा तीन तहबीच समन्वय आवश्यक रहेको निष्कर्ष भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सञ्चार सहज बनाउन २० स्याटेलाइट फोन बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत तीव्र बनाउन सरकारसँग समन्वय गर्ने रवि लामिछानेको प्रतिबद्धता माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारका लागि ब्लास्टिङसम्मको तयारी टनेलभित्र उद्धार टोली पठाउने तयारी, पोर्टको मुख सफा गरिँदै भोटेकोशी विपत्तिमा ‘अहंकार, निषेध र प्रतिशोध त्याग्न’ योगेश भट्टराईको बालेन सरकारलाई आग्रह हिमानी कोषद्वारा बाढी प्रभावित समुदायलाई खाद्यान्न तथा राहत सामग्री सहयोग त्रिशूली–३ ‘बी’ आयोजनामा उद्धारका लागि नेपाली सेनासहितको प्राविधिक टोली परिचालित बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा भोटेकोशी बाढीमा मृतकको संख्या ७६८ पुग्यो, चितवनमा मात्रै २६४ शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम्युनिष्टहरूले हावादारी कुरा मात्र गर्छ, देशको नब्बे प्रतिशत विकास काङ्ग्रेसले गरेको छ : देउवा



अ+ अ-

लमजुङ । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले प्रेसदेखि अदालतसम्म हस्तक्षेप गरेको आरोप लगाएका छन् । उनले अदालतलाई हस्तक्षेप गरी हत्यारालाई उन्मुक्ति दिन सरकार लागिपरेको बताए ।

नेपाल प्रेस युनियन जिल्ला शाखा लमजुङको छैटौँ जिल्ला अधिवेशनमा सोमबार सभापति देउवाले भने, ‘सरकारले निर्मला पन्तको हत्यारालाई बचाउन घटनामा भेटिएका सबै प्रमाण नष्ट गरेको छ, देशमा हत्या हिंसाका घट्नामा वृद्धि हुँदासमेत सरकार मूकदर्शक बनेको छ’, ।

सरकारले जताततै हस्तक्षेप गरेर प्रजातन्त्रलाई कमजोर बनाउने खेल रचेको उनको भनाई थियो । उनले नब्बे ‘प्रतिशत राष्ट्रिय योजना काङ्ग्रेस सरकारकै पालामा सुरुआत भएको र ‘कम्युनिष्टहरू बिकाशको नाममा हावादारी कुरा मात्र गर्दै हिड्ने र काम केही नगर्ने गरेको बताएका छन् ।

सरकारले अरुले गरेको कममा पनि आफैँले गरेको भन्दै हिँड्ने प्रवृत्ति कम्युनिष्टमा हावी भएकाले विकासले गति लिन नसकेको बताएका छन् ।




भर्खरै