६ पुष २०८२, आईतवार
,
Latest
ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा शाह परिवार सहित पूर्वमा



अ+ अ-

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह मध्य र पूर्वी नेपालमा रहेका आफ्ना समर्थकलाई भेट्न सिमरा र झापा जाने भएका छन्। करिब एक महिना लामो बसाइका लागि पूर्वराजा सिमरा र झापाको दमक जान लागेका हुन्।
नेपाल समाचारपत्र दैनिकका अनुसारमाघ १३ गते पूर्वरानी कोमल, निजी सचिव सागर तिमल्सिना र निजी सुरक्षा गार्ड सशस्त्रका डीएसपी शिव राउत सहित पूर्वराजा ज्ञानेन्द्र सिमरा जाने कार्यक्रम तय भएको छ। सिमरा स्थित प्रभुशमशेर राणाको निवासमा बस्ने कार्यक्रम रहेको छ। उनले सिमराबाट पूर्वी तराईको भ्रमण गर्नेछन्।
पुर्व राजाको सुरक्षा सहितको सवारी साधान माघ ११ गते सिमरा पुग्ने भएको छ। निजी सवारी चालक सुदन थापा र सुरक्षाकर्मी सहितको टोलीले ज्ञानेन्द्रको भ्रमणको सम्पुर्ण सुरक्षा व्यवस्थाको प्रबन्ध गर्ने भएको छ।
पूर्व राजाको साथमा निजी सहयोगी भान्छेसमेत सिमरा पुग्ने भएका छन्। करिब दुई साता सिमरा बसाई पछि ज्ञानेन्द्र परिवार सडक मार्गबाट दमक जाने कार्यक्रम तय भएको छ।