• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   रोमानियालाई हराउँदै नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा प्रवेश ★   अष्ट्रियालाई हराउँदै टर्की युरो कपको क्वाटरफाइनलमा ★   कसरी चिप्लियो प्रचण्डको ३२ अंकको जादु ? ★   नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा ★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश

कांग्रेसको छायाँ सरकार, मन्त्री बन्न २८ जनाको दाबेदारी



काठमाडौं । नेकपा नेतृत्वको सरकारका हरेक मन्त्रालयको गतिविधिको निगरानी गर्न कांग्रेसले बनाउने भनेको छाया सरकारमा सांसद विनोद चौधरीदेखि उमेश श्रेष्ठसम्मले मन्त्रीको दाबी गरेका छन्।
नयाँ पत्रिका दैनिकका अनुसार पार्टीका ६३ सांसदलाई इच्छाएका तीनवटा मन्त्रालय प्राथमिकताअनुसार छान्न दिएकोमा व्यापारिक पृष्ठभूमिका चौधरी र श्रेष्ठले पनि छायामन्त्रीमा दाबेदारी पेश गरेका हुन्। प्राथमिकतामा चौधरीले अर्थ, परराष्ट्र र उद्योग र वाणिज्य र श्रेष्ठले शिक्षा, ऊर्जा र पर्यटन मन्त्रालयमा दाबी गरेका छन्। पुस २४ मा बसेको कांग्रेस संसदीय दलको बैठकले छाया सरकार गठन गर्ने निर्णय गरेको थियो।
तर १४ दिनसम्म ६३ मध्ये २८ सांसदले मात्र छायामन्त्रीका लागि दाबी प्रस्तुत गरेका छन्। पार्टी पदाधिकारी, पूर्वपदाधिकारी, पूर्वमन्त्री, उद्योगी र व्यापारी पृष्ठभूमिका सांसदले मन्त्रीमा इच्छा जनाएका छन्।