७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी

नेविसंघको अधिवेशनमा कुटाकुट, सभापतिको राजिनामा माग

नेविसंघको अधिवेशनमा कुटाकुट, सभापतिको राजिनामा माग
अ+ अ-

काठमाडौं । भातृसंगठन नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमितिको १२ औं अधिवेशन उद्घाटन सत्रमा विवाद भएपछि माउ पार्टी काग्रेस नेताबीच कुटाकुट भएको छ । सोमबार साँझ उद्घाटन सत्रको मञ्चमै भएको कुटाकुटमा कांग्रेस नेता बालकृष्ण दाहालको चस्मा फुटेको छ । उनले कुटपिटका क्रममा आँखामा चोट लागेको बताएका छन् ।

सामुदायिक अस्पता स्रोब्रुमा आँखा परीक्षण गरेको पनि उनले बताए । त्यस्तै पूर्व सभापति गोमा केसी पनि कुटिएको पत्रकार सम्मेलन गरेर नेताहरुले बताएका छन् । केसीले पत्रकार सम्मेलनमा आफुमाथि जिल्ला सभापति प्रदीप सुनुवारले हातपात गरेको आरोप लगाएकी छिन् ।

अधिवेशन उद्घाटन सत्रमा असन्तुष्ट पक्षका नेताहरुले अधिवेशनमा सहभागी हुने प्रतिनिधिको नाम सार्वजनिक गर्नु पर्ने नेविसंघका केन्द्रीय उपाध्यक्ष नवीन राईलाई प्रमुख अतिथि बनाउनुपर्ने माग गरेपछि विवाद सुरु भएको थियो ।

कार्यक्रम सुरु हुँदा जिल्ला सभापति प्रदिप सुनुवारलाई प्रमुख अतिथि बनाएपछि विवाद बढेको नेविसंघका कार्यकर्ता सुजन दाहालले बताए । प्रतिनिधि एकपक्षीय बनाएर आफु अनुकूल नेतृत्व चयन गर्न खोजेको भन्दै दाहाल र केसीले मञ्चमै पुगेर कार्यक्रम रोक्न माग गर्दा झडपको अवस्था भएको हो ।

मञ्चमा जिल्ला सभापति प्रदीप सुनुवार, उपसभापति तेजेन्द्र खनाल र नेताहरु बालकृष्ण दाहाल, लिलाबल्लभ दाहाल काका र पूर्व सभापति गोमा केसीबीच हात हालाहाल भएको प्रत्यक्षदर्शी नेता विनोद केसीले बताए । उनले सभापति सुनुवार र उपसभापति खनालले आक्रमण गरेको पनि आरोप लगाए । झडपपछि असन्तुष्ट पक्षले कार्यक्रम बहिष्कार गरेका छन् ।

ताहरुको कुटाकुटपछि अधिवेशनमा आएका विद्यार्थीसमेत दुईपक्षमा विभाजित भएका छन् । वर्तमान पदाधिकारी र प्रतिनिधि आएका विद्यार्थीहरु पक्ष विपक्षमा बाँडिए पनि अधिवेशनको बन्द सत्र भने जारी छ ।

केन्द्रीय प्रतिनिधि तोकिएका पवन नेपालीले विधि मिचेर पार्टीले हस्तक्षेप गरेको आरोप लगाउँदै अधिवेशन स्थगनको विज्ञप्ती निकालेका थिए । त्यसपछि संघका केन्द्रीय अध्यक्ष नैनसिंह महरले अर्का प्रतिनिधि खटाएर अधिवेशनको बन्दसत्र चलिरहेको छ ।

सभापतिको राजीनामा माग

संस्थापन(शेरबहादुर देउवा) पक्षले विधि मिचेर अधिवेशन गरेको भन्दै विवादपछि असन्तुष्ट पक्षका नेताहरुले सोमबार साँझ पत्रकार सम्मेलन गरी जल्ला सभापति प्रदीप सुनुवार र उपसभापति तेजेन्द्र खनालको रामजीनामा मागेका छन् । पत्रकार सम्मेलनमा बोल्दै नेता टेकराज भट्टराईले महिना नेतृमाथि दुव्र्यवहार गर्ने सभापतिलाई पदमा बस्ने अधिकार नभएको जिकिर गरे । उनले केन्द्रीय सभापति देउवासमक्ष सुनुवारलाई बर्खास्त गर्न माग गरिने बताए ।

पत्रकार सम्मेलनमा नेतृ गोमा केसीले सभापतिले आफुमाथि दुव्र्यबहार गरेको आरोप लगाउँदै कानुनी उपचार खोज्ने चेतावनी दिएकी छन् । उनले बर्तमान पदाधिकारी बर्खास्त गर्न केन्द्रसँग मागसमेत गरेकी छन् । माहिलमाथि हिंसा गर्ने सभापतिलाई पदमा बस्न अधिकार नभएको भन्दै उनीहरुलाई अस्वीकार गर्ने केसी लगायतका नेताहरुले पत्रकार सम्मेलनमा बताएका छन् ।

जिल्ला सभापति प्रदिप सुनुवारले भने मादक पदार्थ पिएका केही व्यक्ति घुसाएर पार्टी हितविरुद्ध लागेका तत्वहरुले आफुमाथि आक्रमण प्रयास गरेको उद्घाटन सत्रमा सम्बोधन गर्दै बताएका थिए ।

उनले आफुमाथि आक्रमण प्रयास गर्नेहरुलाई अनुशासनको कारवाही गर्ने चेतावनी दिए । लामो समयदेखि आन्तरिक विवादमा अल्झिएको कांग्रेसको विवाद अहिले आएर झडपमा पुगेको छ । संसदीय निर्वाचनमा असहयोग गरेको भन्दै असन्तुष्ट पक्षका केही नेताहरुलाई भने जिल्ला समितिले यसअघि नै कारवाही गरेको सभापति सुनुवारले बताए । गुण्डागर्दीको शैलीमा कार्यक्रम विथोल्न खोजे पनि असफल पारिएको सुनुवारले बताए । समाचार अन्नपूर्ण पोष्टमा छ ।