६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिन्दु राष्ट्र पुनर्स्थापना गराउन देशभर राप्रपा



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हिन्दु राष्ट्र पुनर्स्थापना राष्ट्रिय जनजागरण अभियान अन्तर्गत देशव्यापी घरदैलो कार्यक्रम गरेको छ। राप्रपाले सोमबार देशका ७७ वटै जिल्लामा घरदैलो गरेको हो। घरदैलो मंगलबार साँझसम्म जारी रहनेछ।

माघ १३, १४ र १५ गते देशका सबै नगरपालिका र गाउँपालिकामा हुने हिन्दु राष्ट्र पुनर्स्थापना राष्ट्रिय जनजागरण सभाको तयारी स्वरुप दुई दिने घरदैलो कार्यक्रम गरेको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।

घरदैलोका लागि राप्रपाले शीर्षसहित सबै तहका नेतालाई आआफ्नो जिल्ला खटाएको छ। अध्यक्ष कमल थापा गृह जिल्ला मकवानपुरको हेटौंडाका विभिन्न स्थानमा घरदैलोमा छन्। अभियानका लागि राप्रपा नेता एवं सांसद राजेन्द्र लिङ्देन झापाको भद्रपुर नगरपालिका र हल्दिबारी गाउँपालिकामा छन्।

घरदैलो आरम्भ गर्दै अध्यक्ष थापाले अत्यधिक रुपमा भइरहेको धर्म परिवर्तन राष्ट्रको लागि खतरा भएकोु बताएका छन्। यसले नेपालमा धार्मिक द्वन्द हुने खतरा बढेको उनले दावी गरे।

केही वर्षयता हिन्दु, बौद्ध, तथा किराँतजस्ता सनातन धर्ममाथि योजनाबद्ध र सांगठनिकरुपमा आक्रमण भइरहेको, लोभलालचमा पारेर अर्बौं रुपैयाँ खर्च गरी धर्म परिवर्तन गराउने काम भइरहेको उनको भनाई छ।

नेपाललाई सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र कायम गरिनुपर्ने बताउँदै अध्यक्ष थापाले यसका लागि राप्रपाले देशव्यापी अभियान सञ्चालन गरेको बताए । समाचार अन्नपूर्ण पोष्टमा छ ।