१४ भाद्र २०८३, आईतवार
,
Latest
रवि लामिछाने र मुख्यमन्त्री किरण थापाबीच भेटवार्ता, विपद् व्यवस्थापनमा तीन तहबीच समन्वय आवश्यक रहेको निष्कर्ष भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सञ्चार सहज बनाउन २० स्याटेलाइट फोन बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत तीव्र बनाउन सरकारसँग समन्वय गर्ने रवि लामिछानेको प्रतिबद्धता माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारका लागि ब्लास्टिङसम्मको तयारी टनेलभित्र उद्धार टोली पठाउने तयारी, पोर्टको मुख सफा गरिँदै भोटेकोशी विपत्तिमा ‘अहंकार, निषेध र प्रतिशोध त्याग्न’ योगेश भट्टराईको बालेन सरकारलाई आग्रह हिमानी कोषद्वारा बाढी प्रभावित समुदायलाई खाद्यान्न तथा राहत सामग्री सहयोग त्रिशूली–३ ‘बी’ आयोजनामा उद्धारका लागि नेपाली सेनासहितको प्राविधिक टोली परिचालित बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा भोटेकोशी बाढीमा मृतकको संख्या ७६८ पुग्यो, चितवनमा मात्रै २६४ शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिन्दु राष्ट्र पुनर्स्थापना गराउन देशभर राप्रपा



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हिन्दु राष्ट्र पुनर्स्थापना राष्ट्रिय जनजागरण अभियान अन्तर्गत देशव्यापी घरदैलो कार्यक्रम गरेको छ। राप्रपाले सोमबार देशका ७७ वटै जिल्लामा घरदैलो गरेको हो। घरदैलो मंगलबार साँझसम्म जारी रहनेछ।

माघ १३, १४ र १५ गते देशका सबै नगरपालिका र गाउँपालिकामा हुने हिन्दु राष्ट्र पुनर्स्थापना राष्ट्रिय जनजागरण सभाको तयारी स्वरुप दुई दिने घरदैलो कार्यक्रम गरेको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।

घरदैलोका लागि राप्रपाले शीर्षसहित सबै तहका नेतालाई आआफ्नो जिल्ला खटाएको छ। अध्यक्ष कमल थापा गृह जिल्ला मकवानपुरको हेटौंडाका विभिन्न स्थानमा घरदैलोमा छन्। अभियानका लागि राप्रपा नेता एवं सांसद राजेन्द्र लिङ्देन झापाको भद्रपुर नगरपालिका र हल्दिबारी गाउँपालिकामा छन्।

घरदैलो आरम्भ गर्दै अध्यक्ष थापाले अत्यधिक रुपमा भइरहेको धर्म परिवर्तन राष्ट्रको लागि खतरा भएकोु बताएका छन्। यसले नेपालमा धार्मिक द्वन्द हुने खतरा बढेको उनले दावी गरे।

केही वर्षयता हिन्दु, बौद्ध, तथा किराँतजस्ता सनातन धर्ममाथि योजनाबद्ध र सांगठनिकरुपमा आक्रमण भइरहेको, लोभलालचमा पारेर अर्बौं रुपैयाँ खर्च गरी धर्म परिवर्तन गराउने काम भइरहेको उनको भनाई छ।

नेपाललाई सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र कायम गरिनुपर्ने बताउँदै अध्यक्ष थापाले यसका लागि राप्रपाले देशव्यापी अभियान सञ्चालन गरेको बताए । समाचार अन्नपूर्ण पोष्टमा छ ।




भर्खरै