७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी

अमेरिकी र टर्किस् विदेशमन्त्रीबीच सिरियावारे वार्ता

अमेरिकी र टर्किस् विदेशमन्त्रीबीच सिरियावारे वार्ता
अ+ अ-

वासिङ्टन । संयुक्तराज्य अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओ र टर्कीका विदेशमन्त्री मेभलत कावुसोग्लु बीच सिरियाको बारेमा टेलिफोनमा कुराकानी भएकाे छ ।

समाचारमा जनाइएअनुसार अमेरिकी विदेशमन्त्री पोम्पेओ र कावुसोग्लुबीच सिरियामा जारी द्धन्द्धको बारेमा छलफल हुनुको साथै आगामी दिनमा सिरियामा शान्ति स्थापनाका लागि के गर्न सकिन्छ भन्ने बारेमा कुराकानी भएको थियो ।

सोमबार सो फोनवार्ता भएको अमेरिकी विदेशमन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । सो विज्ञप्तिमा उहाँहरुबीच सिरियाको जारी द्धन्द्धका साथै पछिल्लो समयमा सिरियामा अमेरिकी संलग्नताको विषयमा पनि कुराकानी भएको थियो ।

सिरियामा केही वर्षदेखि अमेरिकी सेना तैनाथ छ । अमेरिकी सेनालाई त्यहाँबाट फिर्ता गर्ने बारेमा पछिल्लो समयमा अमेरिका र विश्वका अरु देशहरुबीच कुराकानी जारी रहेको छ ।

सिरियामा अमेरिकी सेनाको पक्षमा लड्दै गरेका कुर्दिस लडाकूको संरक्षण र त्यसका साथै सिरिया र टर्कीको सीमा क्षेत्रमा आइएस आतंकवादीहरुको घुसपैठ तथा संलग्नताको विषयमा पनि त्यस वार्ताका क्रममा कुराकानी भएको अमेरिकी विदेशमन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सिरियामा आइएसले कुर्दिस् विद्रोहीहरुलाई तारो बनाउने गरेका छन् । साथै त्यहाँको सत्तापक्षीय सेनाले पनि कुर्दिसका विरुद्धमा काम गरेको बताइन्छ ।

तर अमेरिकाले सिरियामा सेना पठाएर उनीहरुको समन्वयमा तथा टर्किस सेनासँग मिलेर काम गरिरहेको छ । ती कुर्दिस विद्रोहीहरुको पक्षमा अमेरिकी सेनाले काम गरेको सिरियाली राष्ट्रपति बसर अल असद पक्षले विरोध गर्ने गरेको छ ।

तर ती कुर्दिस विद्रोहीहरुलाई टर्कीको सीमा क्षेत्रमा काम गर्न दिएको र त्यसको संरक्षण अमेरिकी सेनाले गरेकोमा टर्की र अमेरिकाको बीचमा पछिल्लो समयमा असमझदारी बढेको पाइएको छ ।

तर त्यस विषयमा अमेरिकाले पछिल्लो समयमा सिरिया र टर्कीको सीमा क्षेत्रमा सुरक्षित क्षेत्रको स्थापना गर्ने प्रस्ताव राखेको छ ।

दुवै देशको सीमा क्षेत्रको करिब ३२ किलोमीटर क्षेत्रलाई सुरक्षित क्षेत्रका रुपमा घोषणा गर्ने र त्यस क्षेत्रमा कुनै पनि किसिमको सैन्य गतिविधिहरु हुन नदिने भनी यस्तो प्रस्ताव अमेरिकाले गरेको छ ।

यसरी अमेरिकाले गरेको प्रस्तावलाई टर्कीका राष्टपति रिसेप तैयप एर्दाेगानले स्वीकार गर्नुभएको छ । तर उहाँले सो क्षेत्रलाई आतंकवादीहरुबाट पनि सुरक्षित नै राख्न सक्नुपर्ने तर्क राख्नुभएको छ ।

सोमबारको फोनवार्ताका क्रममा उक्त क्षेत्र प्रस्ताव अनुसार नै सुरक्षित हुनुपर्ने र त्यसलाई टर्कीको विरुद्धमा कुनै पनि हालतमा प्रयोग गर्न दिन नहुने प्रस्ताव टर्कीका राष्टपति एर्दाेगानले गर्नुभएको बताइएको छ ।

सिरियामा विगत लामो समयदेखि द्वन्द्व जारी रहेको छ । सो द्धन्द्धका कारण उत्पन्न असहज परिस्थितिको असर टर्कीलाई परेको भन्दै टर्कीले आफ्नो सिमा क्षेत्रको सुरक्षा व्यवस्थामा निकै कडाई गर्ने गरेको छ ।

तर पछिल्लो समयमा सिरियामा भित्रिएको अमेरिकी सेनाले कुर्दिस् विद्रोहीहरुलाई साथमा लिएर सिरियाको सरकारका विरुद्धमा काम गरेपछि आफ्नो देशको सीमा क्षेत्रमा सुरक्षा खतरा झन् बढ्दै गएको टर्कीको भनाई छ ।

सिरियामा कैयौँ वर्षअघिदेखि जारी द्धन्द्धको समाधान शान्तिपूर्ण रुपमा गर्ने प्रयासहरु गरिएको भए पनि त्यो सम्भव हुन सकेको छैन । सिरियाका बारेमा संयुक्त राष्टसंघले थालेका विगतका केही शान्ति प्रयासहरु पनि सफल हुन सकेनन् ।

यहाँ गएको सात वर्षभन्दा लामो समयदेखि जारी हिंसाका क्रममा चार लाख ३० हजार भन्दा बढी नागरिकको ज्यान गएको छ । अरु लाखौँ नागरिक घाइते छन् भने लाखौँ जना शरणार्थीका रुपमा देश र विदेशका शरण लिन बाध्य रहेका छन् ।

पछिल्लो समयमाा त्यहाँ अमेरिकी सेना भित्रिएको भए पनि त्यहाँको हिंसा भने रोकिएको छैन ।