७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप

नाङगो डाँडामा टावर निर्माण गर्न रोक, सुरक्षाकर्मी पठाएर कामदारलाई पक्राउ गर्ने चेतावनी

नाङगो डाँडामा टावर निर्माण गर्न रोक, सुरक्षाकर्मी पठाएर कामदारलाई पक्राउ गर्ने चेतावनी
अ+ अ-

काठमाडौं । डिभिजन वन कार्यालय रसुवाले नाङगो डाँडामा टावर निर्माणको काममा अवरोध गरेको छ ।

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाको टावरको निर्माण गर्न काम थाल्दा वन क्षेत्रको जग्गा प्रयोग र त्यहाँ रहेका रुखविरुवा हटाउन स्वीकृति नलिएको भन्दै आयोजनाको
काममा भाजो हालेको हो ।

हाल नाङगो डाँडामा कुनै रुख नभएको कारण आयोजनाले आफ्नो काम सुरु गरेपनि वन कार्यालयले रोक लगाएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

घिसिङले भने, ‘प्रक्षेपित मितिमा लाइन बनाउन सकेनौं भनें त्यस करिडोरमा निर्माण भइरहेका आयोजनाको करिव १७० मेगावाट बिजुली खेर जाने अवस्था छ’ घिसिङले भने । ‘नाङगो डाँडामासमेत काम गर्न पाइँदैन अनि कसरी प्रसारणलाइनको निर्माण गर्नु ? ’ २७ किलोमिटर प्रसारण लाइन आयोजनाको निर्माण चालु आर्थिक वर्षमा सक्ने लक्ष्य राखिएको छ ।

प्रसारण लाइनको निर्माण तोकिएको समयमा हुन नसकेमा चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा निर्माणाधीन ११० मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन, १४.८ मेगावाटको माथिल्लो सान्जेन लगायतका आयोजनाको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न नसकी खेर जाने अवस्था छ । यस्तो अवस्था आएमा प्राधिकरणले आयोजनाहरुलाई क्षतिपूर्ति तिर्नु पर्ने हुन्छ ।

प्राधिकरणले आयोजनाको निर्माण गर्नु अधिनै वन क्षेत्रको जग्गा प्रयोग र त्यहाँ रहेका रुख बिरुवा कटानको निर्णय गर्न मन्त्रिपरिषद्लाई आह्वान गरेको थियो तर मन्त्रिपरिषद्ले उक्त कामको लागि धेरै समय लाग्ने र यसबाट काम प्रभावित हुने देखिएपछि आयोजनाले रुखबिरुवा काट्नु नपर्ने निर्णय गरेपछि आयोजनाको काम थालनि गरिएको थियो ।

तर आयोजनाले घलेदरबार क्षेत्रमा ६ नम्बर टाबरको जग खन्न सुरु गरेलग्तै बन कार्यलयले कानूनी बाटो नदेखाई काम थालनि गर्न नदिएपछि बिवाद बढेको हो । उसले आयोजना अन्र्तगत पर्न टावर निर्माण गर्दा वन क्षेत्रको जग्गाको भोगाधिकारको निर्णय नभएसम्म काम रोक्न र काम नरोके सुरक्षाकर्मी पठाएर कामदारलाई पक्राउ गर्ने चेतावनी दिएको आयोजना प्रमुख केदार सिलवालले बताए ।

प्रसारण लाइनको टावर रहने स्थान र रुटमा पर्ने निजी जग्गाको मुआब्जा तथा क्षतिपूर्ति निर्धारण भई वितरण पनि भइरहेको अबस्थामा आयोजनाको काम प्रभाबित भएमा आयोजनालाई घाटा हुने भन्दै सरकारी पक्षले छिटो निर्णय गरिदिन आयोजनाले आग्रह गरेको छ । निजी जग्गा प्रयोगमा समस्या पनि डिभिजन वन कार्यालय प्रमुख (डीएफओ) शोभा सुवेदीले बारम्बार काममा बाधा गर्न गरेको आयोजना प्रमुख सिलवालको भनाई छ ।