६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराट कोहली ‘आइसीसी वर्ष खेलाडी’ घोषित



अ+ अ-

काठमाडौँ । भारतीय क्रिकेट टोलीका प्रभावशाली कप्तान विराट कोहली ‘आइसीसी वर्ष खेलाडी’ घोषित भएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले मंगलबार सार्वजनिक गरेको अवार्ड कार्यक्रममा विराट सन् २०१८ को उत्कृष्ट खेलाडी चुनिएका हुन् ।

आइसीसी मेन्स क्रिकेटर अफ दि इयर बनेका विराटले टेस्ट र वान डे दुवैको उत्कृष्ट खेलाडीको उपाधि चुमे ।

यसैगरी आइसीसीले मंगलबारनै टेष्ट क्रिकेटको ‘ड्रिम टिम अफ दि इयर’ सार्वजनिक गरेको छ ।

आइसीसीले विराट कोहलीको कप्तानीमा सन् २०१८ को ड्रिम टिम सार्वजनिक गरेको हो ।

टिममा न्युजिल्याण्ड र भारतका तीन–तीन श्रीलंका, दक्षिण अफ्रिका, पाकिस्तान, वेस्ट इण्डिज र अस्ट्रेलियका एक–एक जना खेलाडी परेका छन् ।

टिममा परेका खेलाडीमा न्युजिल्याण्डका केन विलियमसन, टम लाथम, हेनरी निकोल्स रहेका छन् । त्यस्तै, भारतका कप्तान विराट कोहलीसहित रिशव पन्त र जस्प्रित बुम्राह छन् । श्रीलंकाका दिमुथ करुनारत्ने, दक्षिण अफ्रिकाका कागीसो राबडा, वेस्ट इण्डिजका जासन होल्डर, पाकिस्तानका मोहमद अब्बास र अस्ट्रेलियाका नाथन लायन रहेका छन् ।

यसैगरी आइसीसीले विराटकै कप्तानीमा वान डे ड्रिम टिम पनि सार्वजनिक गरेको छ ।

वान डे ड्रिम टिममा विराटसहित भारतकै रोहित शर्मा, कुलदीप यादब र जस्प्रित बुम्राह, इङ्ल्यान्डका जोनी ब्रेस्टो, जोय रुट, जोस बटलर र बेन स्टोक्स छन् ।

न्युजिल्याण्डका रोस टेलर, बंगालदेशका मुस्ताफिजुर रहमान र अफगानिस्तानका राशिद खान पनि टिममा परेका छन् । एजेन्सी